logo

ग्लोबल आइएमई बैंक सबै प्यारामिटरमा देशकै ठुलो बैंक बन्ने अध्यक्ष ढकालको दावी

    742   पटक पढिएको


१८ पुस/अर्थ र व्यापार – ग्लोबल आइएमई बैंक १९ वर्षमा प्रवेश गरेको छ । बिहीबारदेखि यस बैंक आफ्नो १८ औँ वर्ष पूरा गरी १९ औँ वर्षमा प्रवेश गरेको हो ।
१८ औँ वार्षिकोत्सवको अवसरमा बिहीबार काठमाडौँमा आयोजित विशेष कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबैले मेहनत गरे केही समयभित्रै सबै प्यारामिटरमा ग्लोबल आइएमई बैंक देशकै अब्बल बैंक बन्ने दाबी गरे । उनले कर्मचारीहरूले आफ्नोपन सहित काम गरेको खण्डमा धेरै लाभ लिन सकिनेमा आफु ढुक्क रहेको बताए ।
नेपालमा रहेका कुनै पनि बैंकको डिपोजिट बराबरको रकम ग्लोबल आइएमई बैंकको सेभिङ डिपोजिट रहनु गौरवको विषय भएको भन्दै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक र बैंकअन्तर्गतका रेमिट्यान्स कम्पनीमार्फत करिब ५० प्रतिशत रेमिट्यान्स भित्राउनु पनि बैंकका लागि खुसीको कुरा भएको बताए ।
‘कुनै बैंकको टोटल डिपोजिट बराबरको हाम्रो सेभिङ डिपोजिट छ , जुन चिज हाम्रो लागि धेरै गौरवको कुरा हो । हामी र हामी अन्तर्गतका रेमिट्यान्स कम्पनी तथा बैंकको हिसाबले करिब करिब ५० प्रतिशत जति रेमिट्यान्स हाम्रो च्यानलमार्फत भित्राएका छौँ, त्यो पनि आफैँमा धेरै ठुलो एचिभमेण्ट हो’अध्यक्ष ढकालले भने । अझै जुन हिसाबले डिपोजिट मोभिलाइजेशन भएको छ र जसले क्यापासिटी बढाएर यस बैंकलाई ब्राण्डिङ गरेको दावी गर्दै उनले यो हिसाबले अझै यस बैंकले धेरै काम गर्न सक्ने ठाउँ रहेको बताए ।
‘सम्पूर्ण बोर्ड, म्यानेजमेण्ट र सम्पूर्ण कर्मचारी साथीलाई म के भन्न चाहन्छु भने यो एउटा सानो कमर्सियल बैंकको सबैभन्दा सानो पोस्टमा काम सुरु गरेको व्यक्तिले १८÷२० वर्षको बिचमा नेपालको सबैभन्दा ठुलो बैंक, सबैभन्दा ठुलो नेटवर्क, सबैभन्दा ठुलो ब्यालेन्ससाइड भएको सानो इनिसिएसन लिएर इमानदार हिसाबले काम गर्न लाग्यो भने र अघि बढ्यो भने त्यो सम्भव हुने रहेछ भन्ने कुरा आज प्रमाणित भएको छ’ उनले भने ।
उनले हाल आफुहरुसँग करिब ४ हजार कर्मचारी र धेरै शेयर होल्डर भएको जानकारी गराउँदै उनले मेहनत अझै बढायौँ भने साइजको हिसाबले त सबैभन्दा ठुलो भएको , अझै हरेक प्यारामिटरमा नेपालको सबैभन्दा ठुलो बैंक र सबै प्यारामिटरमा अब्बल छौँ भन्ने कुरा प्रमाणित गर्नको लागि नतिजा दिन धेरै समय नलाग्ने बताए ।
उनले सबै कर्मचारीहरुलाई हरेक इण्डिभिजुअलमा यो मेरो बैंक, राम्रोसँग काम गरेको खण्डमा मेरो पनि भविष्य छ भन्ने गरी काम गरे यसबाट बेनिफिट धेरै लिन सकिने भएकाले सोही अनुसार काम गर्न आग्रह गरे ।
१८ औँ वार्षिकोत्सवको अवसरमा बैंकले बैंकका कार्ड बाहक ग्राहकहरूलाई दराजबाट सामान किन्दा १८ प्रतिशतसम्म छुट पाउने योजना ल्याएको छ । यस्तो छुट २४ पुससम्म रहने सो बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।