१७ पुस/अर्थ र व्यापार – प्रभु बैंक लिमिटेडले विद्युतीय कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यले स्वचालित काउण्टर ‘प्रभु डिजिटल क्युब’ सञ्चालनमा ल्याएको छ ।
अंग्रजी नयाँ वर्ष २०२५ को शुभारम्भ पारेरे बैंकले सो सेवा सुरु गरेको हो । सो काउण्टरबाट नगद जम्मा गर्न, नगद निकाल्न, क्लीयरिङ चेक जम्मा गर्न, खाताको स्टेट्मेण्ट प्रिन्ट गर्न सकिनेछ ।
यससँगै अन्य सेवाहरु पनि ग्राहकले प्रयोग गर्न सक्ने सो बैंकले जनाएको छ । यो सेवाको सुरुवातसँगै कार्यालय समय कुरेर काउण्टरमा लाइनमा बसेर बैंकिङ सेवा लिनुपर्ने झन्झटको अन्त्य हुने सो बैंकले जनाएको छ ।
हाल यो सेवा बैंकको मुख्य कार्यालय, बबरमहलबाट उपलब्ध गराइएको सो बैंकले जनाएको छ । आगामी दिनमा आवश्यकता अनुसार अन्य स्थानमा समेत सेवा विस्तार गरिने सो बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया