१४ पुस/अर्थ र व्यापार / सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाजुराका विद्यार्थीलाई न्यानो कपडा प्रदानगरेको जनाएको छ।
बैंकले हिमाली गाउँपालिका–१ विच्छयाँ स्थित विच्छयाँ माध्यमिक विद्यालयका २ सय ११ विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग गरेको हो । विद्यालयका अधिकांश विद्यार्थी विपन्न परिवारका भएकाले उनीहरुलाई स्वेटर प्रदान गरिएको सो बैंकले जनाएको छ ।
सो बैंकका अनुसार इसीडीदेखि १० कक्षासम्मका विद्यार्थीले जाडोकोलागि न्यानो स्वेटर पाएका हुन् ।
तपाईको प्रतिक्रिया