logo

पुसका लागि पनि अधिकांश बैंककका निक्षेपको ब्याजदर यथावत,३ बैंकले घटाए, ३ वटाले बढाए

    461   पटक पढिएको


३० मंसिर/अर्थ र व्यापार – अधिकांश वाणिज्य बैंकहरुले पुस महिनाका लागि निक्षेपको ब्याजदर यथावत राखेका छन्। अघिल्लो महिना मंसिरको तुलनामा यहि १ पुसदेखि लागू हुने ब्याजदर यथावत राखिएको हुो ।
पुसकालागि नेपाल बैंक र सानिमा बैंकले ब्याजदर घटाएका छन् भने ३ वटा बैंकहरूले मात्र बढाएका छन्। एनएमबि, प्राइम कमर्सियल र कृषि विकास बैंकले ब्याजदर बढाएका छन् ।
आर्थिक गतिविधि बढ्न नसकेर कर्जाको माग नभएपछि गत वर्षको असाजदेखि नै बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै आइरहेका छन् ।
समग्रमा मंसिर महिनाको तुलनामा वाणिज्य बैंकहरुले पु्सका लागि ब्याजदर शून्य दशमलब ०५ प्रतिशत बिन्दुले बढाएका छन् । अघिल्लो महिना मंसिरमा २० वटा वाणिज्य बैंकको ब्याजदर औषतमा ५.९७ प्रतिशत रहेको थियो । पुसमा शून्य दशमलब ०५ प्रतिशत बिन्दुले बढेर ६.०२ प्रतिशत बिन्दुमा पुर्याएको छ ।
मंसिरको तुलनामा पुसमा तीनवटा बैंकले ब्याजदर घटाएका छन् भने तिनवटा बैंकले बढाएका हुन् । बाँकी १४ वटा बैंकले मंसिरको ब्याजदरलाई नै यथावत राखेका छन् ।
ब्याजदर बढाउनेमा एनएमि बैंक, प्राइम र कृषि विकास बैंक रहेका छन् । एनएमबिले ब्याजदर १.०३ प्रतिशत बिन्दुले बढाएर ६.६ प्रतिशत पुर्याएको छ ।
प्राइम बैंकले ०.५ प्रतिशत बिन्दुले बढाएर ६.२५ पुर्याएको छ । यस्तै कृषि विकास बैंकले पनि ब्याजदर ०.०४ प्रतिशत बिन्दुले बढाएर ५.५७ प्रतिशत पुर्याएको छ ।
मंसिरको तुलनामा पुसमा ब्याजदर घटाउनेमा एनआईसी एशिया बैंक, सानिमा बैंक र नेपाल बैंक रहेका छन् । एनआईसीले मंसिरको तुलनामा ब्याजदर शून्य दशमलब १९ प्रतिशत बिन्दुले घटाएर ६.६ प्रतिशत कायम गरेको छ ।
यस्तै सानिमा बैंकले ब्याजदर ०.१ प्रतिशत बिन्दुले घटाएर ६.०५ प्रतिशत रहेको छ भने नेपाल बैंकको ब्याजदर ०.३५ प्रतिशत बिन्दुले घटाएर ५.६ प्रतिशत रहेको छ । बाँकी बैंकको ब्याजदर भने यतावत रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।