२५ मंसिर/अर्थ र व्यापार – स्टान्डर्ड चार्टर्ड बैंकको पहिलो नेपाली प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा गोरख राणा नियुक्त भएका छन् । बैंकको सञ्चालक समिति बैठकले राणालाई आगामी १ जनवरीदेखि लागू हुनेगरी सीईओमा नियुक्त गरेको हो । अब राणा यस बैंकको पहिलो नेपाली सीईओ हुनेछन् । हाल उनी डेपुटी सीईओको भूमिकामा रहँदै आएका छन् । वर्तमान सिइओ अनिर्वन घोष दस्तिदारको कार्यकाल सकिएसँगै राणा सीईओमा नियुक्त भएका हुन् ।
दस्तिदार अब बोर्डको विशेष सल्लाहकार हुनेछन् । ३० वर्षको बैंकिङ अनुभव संगालेका राणासँग स्टान्डर्डमा हुँदा कर्पोरेट एन्ड इन्भेस्टमेन्ट, रिटेल बैंकिङ बिजनेस विभागमा रहेर काम गरेको अनुभव छ । उनले इलिनोइस विश्वविद्यालयबाट एमबीए अध्ययन गरेका छन् ।
तपाईको प्रतिक्रिया