logo

गरिमा विकास बैंकको १८औ वार्षिकोत्सव सम्पन्न, गरिमा रोड रेस कम्पिटिसन पनि सकियो

    662   पटक पढिएको


९ मंसिर/अर्थ र व्यापार – गरिमा विकास बैंकको १८औ वार्षिकोत्सको अवसरमा आयोजित गरिमा रोड रेस कम्पिटिसन सफलतापूर्वक सम्पन्न भएको छ । ‘स्वस्थ जीवनशैली’ का लागि खेलकुुद भन्ने नाराका साथ गरिमा विकास बैंक लिमिटेडले १८औ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित गरिमा रोड रेस कम्पिटिसन सफलतापूर्वक सम्पन्न भएको सो बैंकले जनाएको छ।
प्रतियोगिताको उद्घाटन किर्तिमानी धावक तथा ओलम्पियन बैकुण्ठ मानन्धरेका थिए । गरिमा रोड रेस कम्पिटिसनको खुल्लातर्फ महिला र पुरुष तथा कर्पोरेटतर्फ महिला र पुरुष गरी कुल ४ वटा प्रतियोगिता आयोजना गरिएको थियो । खुल्ला तर्फको १० कि.मी. दुरीको प्रतियोगिता विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाण्डौंबाट शुरु भई नारायणगोपालचोक, हात्तीगौडा हुँदै बुढानिलकण्ठ नगरपालिकाको गणेशचोकमा पुगी पूनः लाजिम्पाट, काठमाण्डौं आई समापन हुने गरी रुटतय गरिएको थियो ।
कर्पोरेट तर्फको ५ कि.मी. दुरीको प्रतियोगिता विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाण्डौंबाट शुरु भई नारायणगोपालचोक पुगी पूनः लाजिम्पाट काठमाण्डौं आई समापन हुने गरी रुट तय गरिएको थियो ।
कुल ६५० जना भन्दा बढी धावकहरुको सहभागिता रहेको सो प्रतियोगिताका हरेक विधामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थान हासिल गर्ने निम्न प्रतिस्पर्धीहरुलाई क्रमशः ७५ हजार रुपैयाँ , ६० हजार रुपैयाँ , ४५हजार रुपैयाँ , ३० हजार रुपैयाँ र१५ हजार रुपैयाँ नगद पुरस्कार, मेडल र प्रमाण–पत्र प्रदान गरिएको थियो ।
गरिमा विकास बैंक लिमिटेडका सञ्चालक तथा ओम हस्पिटल तथा रिसर्च सेन्टरका अध्यक्ष डा.आनन्दप्रसाद श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सो कार्यक्रममा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्ययले कार्यक्रमको उद्देश्यको बारेमा प्रकाश पारेका थिए ।
यसैगरी, बैंकका अध्यक्ष श्यामप्रसाद बस्यालले यस किसिमको कार्यक्रमले स्वास्थ जीवनशैली निर्माणमा निकै महत्वपूर्ण भूमिका खेल्ने हुँदा विकास बैंकले प्रत्येक वार्षिकोत्सवमा यस किसिमको प्रतियोगिता सञ्चालन गर्ने जानकारी गराए ।

एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले गरिमा विकास बैंक लिमिटेडले आयोजना गरेको ५ कि.मी.र १० कि.मी.दुरीको प्रतियोगिता नेपालमा आयोजना भएमध्येको हालसम्मकै सर्वाधिक नगद पुरस्कार राशीको प्रतियोगिता भएको बताए ।
साथै, विकास बैंकले मिति २०८१ कार्तिक १४ गते नेपाल र बंगलादेशबीच सम्पन्न साफ वुमन्स च्याम्पियनसिप २०२४ फुटवलको फाईनल खेलमा नेपाली महिला फुटवल टिमलाई बंगलादेशको टिम विरुद्ध गर्ने प्रति गोल रु. १ लाखको दरले नगद पुरस्कार प्रदान गर्ने सार्वजनिक घोषणा गरिएकोमा नेपाली टिमले उक्त खेलमा १ गोल गरेकाले घोषणा गरेबमोजिमको रु. १ लाख नगद पुरस्कार समेत शनिबारआयोजित उक्त कार्यक्रममा अखिल नेपाल फुटवल संघ, राष्ट्रिय महिला फुटवल टिमको प्रतिनिधीलाई हस्तान्तरण गरिएको छ ।

गरिमा विकास बैंक लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा यस कार्यक्रम सहित देशभर १८ वटा सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु समेत सम्पन्न गरेको छ । विकास बैंकले यस किसिमको गरिमा रोड रेस प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्ने लक्ष्य राखेको छ ।
बैंकको १८औं वार्षिकोत्सवको अवसरमा उपस्थित सम्पूर्ण महानुभाव, स्थापनादेखि हालसम्मको गरिमामय यात्रामा निरन्तर साथ दिने सेवाग्राही, शेयरधनी, नियमनकारी निकायहरु, सञ्चारकर्मी, कर्मचारी तथा शुभेच्छुकहरु प्रति बैंकले हार्दिक कृतज्ञता प्रकट गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।