९ मंसिर/अर्थ र व्यापार – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरूले काठमाडौको लाजिम्पाटस्थित होटल ली हिमालयमा छुट पाउने भएका छन् । बैंकले यस छुटबारे होटलसँग समझदारी भएको जनाएको छ ।
सो समझदारी अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले होटल ली हिमालयमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् । यो सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुकासाथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास सो बैंकले लिएको छ ।
यसैगरी, बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानीको प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको जनाएको छ ।
तपाईको प्रतिक्रिया