३ मंसिर/अर्थ र व्यापार – नबिल बैंकले आफ्नो ४०औं वार्षिक साधारण सभा आगामी २७ मंसिरमा गर्ने भएको छ । आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी २७ मंसिरमा साधारण सभाको मिति तोकेको सो बैंकले जनाएको छ । यस बैठकले साधारण सभा प्रयोजनार्थ आगामी १० मंसिरमा बुक क्लोज गर्ने निर्णय गरेको छ ।
यही बुक क्लोजको दिनकै आधारमा आगामी ९ मंसिरसम्म कायम सेयरधनीले यस साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुने सो बैंकले जनाएको छ । सोही साधारण सभाले बैंकले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
तपाईको प्रतिक्रिया