२२ कात्तिक/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले बुधबार बजारबाट १ खर्ब तरलता खिचेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम नघटेपछि बजारबाट १ खर्ब रुपैयाँ तानेको हो ।
निक्षेप संकलन खरिदका लागि बुधबार दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गरिएको थियो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी बोल–कबोल गरेको थियो ।
निक्षेप संकलन उपकरणको बोल–कबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी भएका थिए । यसरी खरिद गरेको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकको सूचनामा उल्लेख छ । बैंकिङ तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले आगामी २१ दिनका लागि सो रकम झिकेको हो ।
तपाईको प्रतिक्रिया