१४ कात्तिक/अर्थ र व्यापार – नबिल बैंकले सेयरधनीलाई दिने लाभांश अघिल्लो वर्षको भन्दा घटाएर घोषणा गरेको छ । बैंकको सञ्चालक समिति बैठकले सेयरधनीलाई करसहित जम्मा १० प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
यस बैंकको सेयरधनीहरुले प्रतिकित्ता १० रुपैयाँका दरले नगद लाभांश पाउने छन् । यो लाभांश आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्तालाई प्रदान गरिने सो बैंकले जनाएको छ ।
बैंकले यो पटक घोषणा गरेको लाभांश हालसम्मकै न्यून हो । यस बैंकले गत वर्ष ११ प्रतिशत नगद लाभांश दिएको थियो । अघिल्लो वर्ष ११ दशमलब ५ प्रतिशत नगद र १८ दशमलब ५० प्रतिशत बोनससहित कुल ३० प्रतिशत लाभांश दिएको थियो ।
बुधबार बिहान बजार खुलेको केही समयपछि घटेर यस बैंकको सेयर मूल्य प्रतिकित्ता ५८० रुपैयाँमा ओर्लिएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा २ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
गत आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा बैंकले १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । वार्षिक प्रतिसेयर आम्दानी २९ रुपैयाँ ८३ पैसा छ ।
तपाईको प्रतिक्रिया