logo

२९.०७ प्रतिशतले बढ्यो विकास बैंकहरुको नाफा, ८ वटामा महालक्ष्मीको घट्यो

ज्योति विकास बैंकको नाफा सबैभन्दा धेरै

    699   पटक पढिएको

  ७ कात्तिक/अर्थ र व्यापार – संघिय राजधानी काठमाडौ लगायत मुलुकभर सबै ठाउँमा आफ्नो शाखा सञ्चार विस्तार भईसकेका राष्ट्रियस्तरका विकास बैंकहरुले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमास असोजमसान्तसम्ममा कुल नाफा २९.०७ प्रतिशतले बढाएका छन्। चालु आर्थिक वर्षको पहिलो त्रैमास असोज मसान्तसम्म राष्ट्रियस्तरका विकास बैंकहरुले १ अर्ब ४२ करोड रुपैयाँ नाफा कमाएका छन्।

गत वर्ष सोही अवधिमा राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा जम्मा १ अर्ब १० करोड रुपैयाँ मात्र थियो ।पछिल्लो सयम नेपाल राष्ट्र बैंकले लिएको लचिलो मौद्रिक नीति, वित्तियक्षेत्रमैत्री लचकता एवं  रिकभरीमा सुधार भएका कारण अहिले यि विकास बैंकहरुको नाफामा सुधार देखिएको हो । राष्ट्रिय स्तरका विभिन्न ८ वटा विकास बैंकहरुमध्ये ७ वटा बैंकले चालु आवको यो समिक्षा अवधीमा नाफा बढाएका छन् । 

जसमध्ये ज्योति विकास बैंकको नाफा सबैभन्दा धेरै १९७ दशमलब ६० प्रतिशतले वृद्धि भएको छ । धेरै नाफा गर्नेमा मुक्तिनाथ विकास बैंक रहेको छ । मुक्तिनाथ विकास बैंकले समिक्षा अवधीमा २८ करोड १८ लाख रुपैयाँ खुद नाफा गरेको देखिएको छ । यसैगरी, महालक्ष्मी विकास बैंकको नाफा भने १ दशमलब १४ प्रतिशतले खुम्चिएको छ । यो बैंकले तीन महिनामा ९ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ ।

अहिलेसम्म यि बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यस्तो देखिएको हो । समिक्षा अवधीमा लुम्बिनी विकास बैंकले चालु आवको पहिलो त्रैमासमा २० करोड १९ लाख ८५ हजार ९७९ रुपैयाँ नाफा कमाएको छ । यस बैंकले अघिल्लो आवको सोही अवधीमा १७ करोड ३२ लाख ८० हजार ९२६ रुपैयाँ मात्र नाफा कमाएको थियो ।

यस बैंकको नाफा अघिल्लो आवको भन्दा १६ दशमलब ५७ प्रतिशतले बढी हो । कामना सेवा विकास बैंकले चालु आवको पहिलो त्रैमासमा १७ करोड ४९ लाख ७९हजार २९६ रुपैयाँ नाफा कमाएको छ । यस बैंकले अघिल्लो आवको सोही अवधीमा जम्मा ११ करोड ९५ लाख २१ हजार ८८० रुपैयाँ नाफा कमाएको थियो । यो अघिल्लो आवको भन्दा ४६ दशमलब ४० प्रतिशतले बढी हो । यसैगरी, गरिमा विकास बैंकले चालु आवको पहिलो त्रैमासमा कुल २२ करोड ५७ लाख ४३ हजार ९८१ रुपैयाँ नाफा कमाएको छ । यस बैंकले अघिल्लो आवमा जम्मा २० करोड १५ लाख ५४ हजार ७९३ रुपैयाँ नाफा कमाएको थियो । यो अघिल्लो आवको भन्दा १२ प्रतिशतले बढी हो । ज्योति विकास बैंकले सबैभन्दा धेरै चालु आवको पहिलो त्रैमासमा कुल १५ करोड ११ लाख ९० हजार ३१० रुपैयाँ नाफा कमाएको छ । यस बैंकले अघिल्लो आवमा जम्मा ५ करोड ८ लाख २ हजार ८१२ रुपैयाँ मात्र नाफा कमाएको थियो । यो १९७ दशमलब ६० प्रतिशतले बढी हो । 

मुक्तिनाथ विकास बैंकले चालु आवको पहिलो त्रैमासमा कुल २८ करोड १८ लाख १९ हजार रुपैयाँ नाफा कमाएको छ । यस बैंकले अघिल्लो आवमा २२ करोड ८८ लाख ७ हजार रुपैयाँ नाफा कमाएको थियो । यो अघिल्लो आवको भन्दा २३ दशमलब १७ प्रतिशतले बढी हो । यसैगरी, सांग्रिला डेभलपमेन्ट बैंकले चालु आवको पहिलो त्रैमासमा ६ करोड १ लाख ७९ हजार ३२३ रुपैयाँ नाफा कमाएको छ । यस बैंकले अघिल्लो आवको सोही अवधीमा ४ करोड , ६५ लाख ९१ हजार १७४ रुपैयाँ नाफा आर्जन गरेको थियो । यो अघिल्लो आवको भन्दा २९ दशमलब १६ प्रतिशतले बढी हो । 

त्यसैगरी, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले चालु आवको पहिलो त्रैमासमा कुल २३ करोड ९३ लाख ६३ हजार ८६३ रुपैयाँ नाफा कमाएको छ । यस बैंकले अघिल्लो आवको सोही अवधीमा जम्मा १९ करोड १६ लाख ५४ हजार ४६१ रुपैयाँ नाफा कमाएको थियो । यो अघिल्लो आवको भन्दा २४ दशमलब ८९ प्रतिशतले बढी हो । 

यस अवधीमा सबै विकास बैंकहरुको नाफा बृद्धि भएपनि महालक्ष्मी विकास बैंकको भने नाफा घटेर चालु आवको पहिलो त्रैमासमा जम्मा ९ करोड ४२ लाख ८९ हजार ७८ रुपैयामा सिमित भएको देखिएको छ । यस बैंकले अघिल्लो आवको सो अवधीमा कुल ९ करोड ५३ लाख ७८ हजार ६०९ रुपैयाँ नाफा कमाएको थियो । यो अघिल्लो आवको तुलनामा १ दशमलब १४ प्रतिशतले कम हो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।