५ कात्तिक/अर्थ र व्यापार – माछापुच्छ्रे बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ । गत असोजको दोस्रो साता आएको भीषण बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितहरूलाई सहयोग पुगोस भन्ने उद्देश्यले सहयोग गरिएको सो बैंकले जनाएको छ ।
बैंकका अध्यक्ष रोशन केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भटेर २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । सो कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत तथा बैंक व्यवस्थापनका उच्च पदस्थ पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया