logo

कुमारी बैंकले ल्यायो दसैं दक्षिणा अफर, सेवाग्राहीले ५०१ रुपैयाँसम्म फाइदा पाउने

    393   पटक पढिएको


२१ असोज/अर्थ र व्यापार – कुमारी बैंक लिमिटेडले आफ्ना सेवाग्राहीलाई शुभकामना स्वरुप दसैं दक्षिणा अफर ल्याएको जनाएको छ ।
बैंकले मोबाइल बैकिङबाट रकम ट्रान्सफर गर्ने १,००० सेवाग्राहीहरुलाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत वा अधिकतम ५० रुपैयाँ दक्षिणा प्रदान गर्ने अफर ल्याएको हो ।
यसैगरी, एकादशीदेखि कोजाग्रत पूर्णिमासम्मको ४ दिन कुमारी बैंकका सेवाग्राहीले वस्तु तथा सेवा खरिद बापतको रकम डेबिट कार्ड, क्रेडिट कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा प्रत्येक दिन कार्ड प्रयोगकर्ता ५० र मोबाइल बैंकिङ प्रयोगकर्ता ५० जनाले खरिद मूल्यको २५ प्रतिशत वा अधिकतम ५०१ रुपैयाँ बराबरको दसैं दक्षिणा प्राप्त गर्न सक्ने सो बैंकले जनाएको छ ।
बैंकका अनुसार बिहान ८ बजेदेखि राति ११ः५९ बजेसम्म सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीलाई नदोहोरिने गरि क्यास ब्याक उपलब्ध गराउने व्यवस्था समेत गरिएको छ। बैंकले घटस्थापनादेखि महानवमीसम्म ९ दिनका लागि दसैं उत्सव क्यासब्याक सञ्चालन गरिरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।