logo

माछापुच्छ्रे बैंकले मनायो २४औं वार्षिकोत्सव, रोशीका बाढीपीडितलाई सहयोग हस्तान्तरण

    463   पटक पढिएको


१८ असोज/अर्थ र व्यापार – माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औं वार्षिकोत्सव मनाएको छ । काठमाडौंको लाजिम्पार्टस्थित केन्द्रिय कार्यालयसँगै देशभरका शाखा कार्यालयहरुमा समेत विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु आयोजना गरि वार्षिकोत्सव मनाइएको हो ।
‘उत्सव र सहयोग’ भन्ने नाराका साथ बैंकले असोज महिनालाई वार्षिकोसत्व अभियानको रुपमा मनाइरहेको छ । बैंकले यसवर्ष २४औं वार्षिकोत्सवको अवसरमा ग्राहकलाई विभिन्न प्रकारका विशेष सुविधाहरु प्रदान गरेको जनाएको छ ।
सोही अवसरमा बैंकले वृद्धाश्रम तथा बालमन्दिरहरूमा सहयोग, वृक्षरोपण, वित्तीय साक्षरता प्रवर्धन कार्यक्रम लगायत सामाजिक उत्तरदायित्वमा केन्द्रित गतिविधिहरू संचालन गरेको जनाएको छ ।
केहिदिन अघिको बाढी पहिरोमा परि काभ्रे जिल्लाको रोशी गाउँपालिका १ र २ मा विस्थापित भएकाहरुलाई सो बैंकले २सय थान ब्लांकेट प्रदान गरेको छ । रोशी गाँउपालिकाका अध्यक्ष दिनेश लामालाई सो सहयोग हस्तान्तरण गरिएको थियो।
यसैगरी, बैंकले २४औ वार्षिकोत्सवको अवसर पारेर ग्राहक लक्षित विभिन्नअफरहरु पनि घोषणा गरेको छ । डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट तथा डलर प्रिपेड कार्ड लिने नयाँ ग्राहकलाई विशेष छुटको योजना ल्याइएको सो बैंकले जनाएको छ ।
जसअन्तर्गत बैंकको डेबिट कार्ड लिनेहरुले कार्ड लिदाँ पहिलो वर्षको जारी शुल्कमा शतप्रतिशत छुट र त्यसपछिको दुई वर्षसम्म पनि कार्ड नवीकरण शुल्कमा शतप्रतिशत छुट पाउनेछन्। यस्तै, बैंकले क्रेडिट कार्ड जारी गर्दा सदस्यता तथा जारी शुल्कमा आकर्षक प्याकेज बनाई पाँचवर्ष अवधीको लागि एकमुष्ट २ हजार ४०० रुपैयाँ मात्रमा प्रदान गरिरहेको जनाएको छ ।
त्यसैगरी, बैंकले मोबाइल बैंकिङ सेवाको सदस्यता शुल्कमा वार्षिक ५० प्रतिशतसम्मको छुट, डलर क्रेडिट कार्ड र डलर प्रिपेड कार्ड जारी गर्दा जारी शुल्कमा पहिलो वर्ष २४ प्रतिशतसम्मको छुट प्रदान गर्ने जनाएको छ । १ असोजबाट सुरु भएको यो योजना आगामी ३० असोजसम्मका लागि लागू हुने सो बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।