logo

माछापुच्छ्रे बैंकले मनायो २४औं वार्षिकोत्सव, रोशीका बाढीपीडितलाई सहयोग हस्तान्तरण

    593   पटक पढिएको


१८ असोज/अर्थ र व्यापार – माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औं वार्षिकोत्सव मनाएको छ । काठमाडौंको लाजिम्पार्टस्थित केन्द्रिय कार्यालयसँगै देशभरका शाखा कार्यालयहरुमा समेत विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु आयोजना गरि वार्षिकोत्सव मनाइएको हो ।
‘उत्सव र सहयोग’ भन्ने नाराका साथ बैंकले असोज महिनालाई वार्षिकोसत्व अभियानको रुपमा मनाइरहेको छ । बैंकले यसवर्ष २४औं वार्षिकोत्सवको अवसरमा ग्राहकलाई विभिन्न प्रकारका विशेष सुविधाहरु प्रदान गरेको जनाएको छ ।
सोही अवसरमा बैंकले वृद्धाश्रम तथा बालमन्दिरहरूमा सहयोग, वृक्षरोपण, वित्तीय साक्षरता प्रवर्धन कार्यक्रम लगायत सामाजिक उत्तरदायित्वमा केन्द्रित गतिविधिहरू संचालन गरेको जनाएको छ ।
केहिदिन अघिको बाढी पहिरोमा परि काभ्रे जिल्लाको रोशी गाउँपालिका १ र २ मा विस्थापित भएकाहरुलाई सो बैंकले २सय थान ब्लांकेट प्रदान गरेको छ । रोशी गाँउपालिकाका अध्यक्ष दिनेश लामालाई सो सहयोग हस्तान्तरण गरिएको थियो।
यसैगरी, बैंकले २४औ वार्षिकोत्सवको अवसर पारेर ग्राहक लक्षित विभिन्नअफरहरु पनि घोषणा गरेको छ । डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट तथा डलर प्रिपेड कार्ड लिने नयाँ ग्राहकलाई विशेष छुटको योजना ल्याइएको सो बैंकले जनाएको छ ।
जसअन्तर्गत बैंकको डेबिट कार्ड लिनेहरुले कार्ड लिदाँ पहिलो वर्षको जारी शुल्कमा शतप्रतिशत छुट र त्यसपछिको दुई वर्षसम्म पनि कार्ड नवीकरण शुल्कमा शतप्रतिशत छुट पाउनेछन्। यस्तै, बैंकले क्रेडिट कार्ड जारी गर्दा सदस्यता तथा जारी शुल्कमा आकर्षक प्याकेज बनाई पाँचवर्ष अवधीको लागि एकमुष्ट २ हजार ४०० रुपैयाँ मात्रमा प्रदान गरिरहेको जनाएको छ ।
त्यसैगरी, बैंकले मोबाइल बैंकिङ सेवाको सदस्यता शुल्कमा वार्षिक ५० प्रतिशतसम्मको छुट, डलर क्रेडिट कार्ड र डलर प्रिपेड कार्ड जारी गर्दा जारी शुल्कमा पहिलो वर्ष २४ प्रतिशतसम्मको छुट प्रदान गर्ने जनाएको छ । १ असोजबाट सुरु भएको यो योजना आगामी ३० असोजसम्मका लागि लागू हुने सो बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।