११ असोज/अर्थ र व्यापार – कुमारी बैंकले दसैं उत्सव क्यासब्याक अफर संचालनमा ल्याएको छ। यो अफर घटस्थापनादेखि महानवमीसम्म संचालनमा रहने सो बैंकले जानकारी दिएको छ।
यस अफरअन्तर्गत बैंकका ग्राहकहरूले डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैकिङमार्फत वस्तु तथा सेवा खरिदबापतको रकम भुक्तान गर्दा क्यासब्याक पाउनेछन्।
प्रत्येक दिन ५० जना कार्ड प्रयोगकर्ता तथा ५० जना मोबाइल बैकिङ प्रयोगकर्ताले खरिद मूल्यको २५ प्रतिशत वा अधिकतम ५०१ रुपैयाँ बराबरको क्यासब्याक प्राप्त गर्न सक्ने सो बैंकले जनाएको छ ।
बैंकका अनुसार बिहान ८ बजे देखि बेलुका ११ः५९ बजे सम्ममा सबैभन्दा छिटो कारोबार गर्ने सेवाग्राहीहरूलाई नदोहोरिने गरी क्यासब्याक उपलब्ध गराउने व्यवस्था गरिएको छ।
बैंकले यो अफरमार्फत विद्युतीय भुक्तानीका माध्यमबाट कारोबार गर्न प्रोत्साहन मिल्ने तथा डिजिटल अर्थव्यवस्था विकासमा टेवा पुग्ने विश्वास लिएको छ।
तपाईको प्रतिक्रिया