६ असोज/अर्थ र व्यापार – नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले उदयपुरको घुर्मीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले कटारी नगरपालिका – १४ मा घुर्मी शाखा संचालनमा ल्याएकोे हो । सो बैंकका कोशी प्रदेश प्रमुख यशपाल कुमार तिब्रेवालले नयाँ शाखाको उद्घाटन गरेका हुन् ।
हाल बैंकको २७४ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ७७ वटा शाखा रहित बैंकिङ र २६६ वटा एटीएम रहेको छ ।
तपाईको प्रतिक्रिया