logo

माछापुच्छ्रे बैंकको क्यासब्याकदेखि छुट अफर

    537   पटक पढिएको

४ असोज/अर्थ र व्यापार – माछापुच्छ्रे बैंकले आफ्नो २४औं वार्षिकोेत्सव तथा दसैं तिहारलाई लक्षित गरी आफ्ना ग्राहककालागि क्यासब्याकदेखि छुटका अफर सार्वजनिक गरेको छ।
बैंकले आफ्ना डिजिटल सेवाहरुमा क्यासब्याकका साथै विशेष छुटका अफर ल्याएको हो। मोबाइल बैंकिङ एमबीएल एम स्मार्ट एप, डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट कार्ड तथा डलर प्रिपेड कार्ड लिने नयाँ ग्राहकलाई आगामी ३० असोजसम्म छुट दिइने सो बैंकले जनाएको छ।
यस अफर बमोजिम बैंकको डेबिट कार्ड लिने ग्राहकले पहिलो वर्षको जारी शुल्कमा शतप्रतिशत छुट र त्यसपछिको दुईवर्षसम्म नवीकरण शुल्कमा शतप्रतिशत छुट पाउनेछन्। यसैगरी, बैंकले क्रेडिट कार्ड पनि पाँच वर्षका लागि एकमुष्ट २ हजार ४ सय रुपैयाँमा प्रदानगर्ने जनाएको छ ।
सो बैंकले मोबाइल बैंकिङ एमबीएल एम स्मार्ट एप सेवाको सदस्यता शुल्कमा वार्षिक ५० प्रतिशतसम्म छुट, डलर क्रेडिट कार्ड र डलर प्रिपेड कार्डमा पहिलो वर्ष २४ प्रतिशतसम्म छुट दिनेछ।
बैंकको वार्षिकोत्सव लक्षित योजनाअन्तर्गत आगामी १६ र १७ असोजमा बैंकका डेबिट कार्ड प्रयोगकर्ताले विभिन्न मर्चेन्टहरुबाट सामान खरिद गर्दा बिल भुक्तानीमा २४ प्रतिशत वा अधिकतम १२४ रुपैयाँ पाउने छन् ।
यसैगरी, क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा २४ प्रतिशत वा अधिकतम २२४ रुपैयाँ क्यासब्याक पाउने छन् । यो बैंक आगामी १७ असोजमा २५औं वर्षमा प्रवेश गर्दैछ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।