logo

एनआइएमबि एस क्यापिटलको पहिलो ‘इन्भेस्टर्स सर्कल’ सम्पन्न

    90   पटक पढिएको

३ असोज/अर्थ र व्यापार – एनआइएमबि एस क्यापिटलले आफ्नो पहिलो ‘इन्भेस्टर्स सर्कल’ सफलतापूर्वक सम्पन्न गरेको छ । काठमाडौँमा सम्पन्न सो कार्यक्रममा विभिन्न बैंक तथा बीमा कम्पनीहरुका प्रमुख कार्यकारी निर्देशकहरु लगायत अन्य सरोकारवाला एवं निर्णायक व्यक्तित्वहरुको उपस्थिति थियो ।
सो कार्यक्रमा नेपालमा प्राइभेट इक्विटी लगानीको परिदृश्यमा केन्द्रित रहेको थियो । कार्यक्रमका सहभागीहरूले नेपालमा प्राइभेट इक्विटीका अवसरहरूका बारेमा अर्थपूर्ण संवाद एवं छलफल गरेका थिए ।
एनआइएमबि एस क्यापिटलको भिजन र मिसनका बारेमा स्पष्ट पार्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले नेपालको समग्र आर्थिक वृद्धिमा प्राइभेट इक्विटीको महत्वलाई जोड दिई आफ्नो कम्पनीको रणनीतिक उद्देश्यहरू प्रस्तुत गर्दै नेपालमा प्राइभेट इक्विटी क्षेत्रको उदाउँदा अवसरहरूलाई अझ प्रस्ट्र पारेका थिए ।
प्रख्यात मोटिभेसनल स्पीकर अतुल सत्य कौशिकले ‘भागवत गीतामा आधारित नेतृत्व र व्यवस्थापनका पाठहरू’शीर्षकमा वक्तव्य दिँदै यस्ता गहन विचारहरूले पौराणिक ज्ञानबाट आधुनिक चुनौतीको सामना गर्ने तरिकाहरुमा जोड दिएका थिए । उनले ‘अर्जुन र कृष्ण’ को जस्तो सहयात्राको महत्वलाई जोड दिँदै नेतृत्वकर्ताले कसरी ‘राम र कृष्ण’ जस्तामहान्व्यक्तिहरूका गुणहरूलाई अपनाउनुपर्छ भनेर पनि छलफल गरेका थिए ।
एनआइएमबि एस क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत सुभाष थापाले प्राइभेट इक्विटीका आधारभूत विषयहरू र एनआइबिएल इक्वीटी पार्टनर्सले हालसम्म जगदम्बा स्पिनिङ मिल्स, डेलिश डेरिज, शिन्तामनी मुस्ताङ र फिक्कल टी एन्ड कफी जस्ता कम्पनिहरुमा गरेको लगानीको सफलताका बारेमा आकर्षक प्रस्तुति दिएका थिए । यी छलफलहरूले भ्यालु क्रियसन, प्राइभेट इक्विटीमार्फतवृद्धि र विविध क्षेत्रमा दिगो विकासलाई अघिबढाउने एनआइएमबि एस क्यापिटलको प्रस्ट प्रतिबद्धतालाई उजागर गरेको थियो ।
एनआइएमबि एस क्यापिटल लिमिटेडका अध्यक्ष सचिन तिब्रेवालले प्राइभेट इक्विटीमा लगानीलाई विस्तार गर्ने एनआइबिएल इक्वीटी पार्टनर्सको प्रतिबद्धतामा जोड दिए । देशको समग्र वित्तीय क्षेत्रलाई अगाडि बढाउन सरोकारवाला सम्पूर्णले सहकार्य गर्नुपर्ने कुरामा जोड दिँदै उनले भने, ‘आजको ज्ञान र अनुभव आदान–प्रदानले हामीलाई नयाँ अवसरहरू खोजी गर्न र प्राइभेट इक्विटीमा दिगो वृद्धिमा प्रगति ल्याउन सहयोग गर्ने धारणा राखे ।
कार्यक्रममा सहभागीहरूलाई सम्भावित सहकार्य र लगानीको भावी सम्भावनाहरू सम्बन्धी थप छलफलमा संलग्न हुने अवसर प्रदान गरेको थियो । यस कार्यक्रमले नेपालको वित्तीय क्षेत्रमा प्राइभेट इक्विटी लगानीलाई अगाडि बढाउने र रणनीतिक साझेदारीलाई प्रोत्साहन गर्ने सो कम्पनीको प्रतिबद्धतालाई दर्शाएको उनीहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।