२६ भदौ/अर्थ र व्यापार – सिटिजन्स बैंक इन्टरनेसनलले पोष्टम इन्फोसिससँग साझेदारी थालेको छ। साझेदारीले पोष्टम एप प्रयोगकर्ताको आम्दानीलाई सिधै सिटिजन्स बैंकमा रहेको उनीहरुको खातामा ल्याउन मद्दत गर्नेछ।
पोष्टम एप पोष्टम इन्फोसिस प्रालिले विकास गरेको एक सामाजिक प्लेटफर्म हो जहाँ हरेक व्यक्तिले आफ्ना सृजना गर्न सक्छन्। उनीहरुले ती प्रस्तुतिलाई विभिन्न माध्यममार्फत मोनिटाइज गर्न सक्नेछ।
यात्रा, मनोरञ्जन, सेवा, मोटर वाहन, जानकारीमूलक र अन्य विषयमा केन्द्रित रहेर कन्टेन्ट सृजना गर्ने पोष्टमका प्रयोगकर्तालाई आफूले प्रभावकारी वित्तीय पहुँच उपलब्ध गराउने बैंकले जनाएको छ। प्रयोगकर्ताले आफ्नो कमाईलाई सिधै सिटिजन्स बैंकमा रहेको खातामा ल्याएर सुरक्षित राख्न सक्नेछन्।
तपाईको प्रतिक्रिया