२५ भदौ/अर्थ र व्यापार – गुराँस लघुवित्तले लाभांश घोषणा गरेको छ। लघुवित्तको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
लघुवित्तले हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद दिने भएको हो।
प्रस्तावित लाभांश राष्ट्र बैंकले स्वीकृति दिएपश्चात संस्थाको वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।
तपाईको प्रतिक्रिया