२५ भदौ/अर्थ र व्यापार – कुमारी बैंक लिमिटेडका ग्राहकले धुलिखेल स्थित दुसित थानी हिमालयन रिसोर्टमा विशेष छुट पाउने भएका छन् ।
छुट प्रदान गर्ने सम्बन्धमा दुवै संस्थाबीच सम्झौता भएको छ । सम्झौता अनुसार रिसोर्टबाट उपलब्ध हुने खाना तथा पेय पदार्थ, देवराणा वेलनेस (स्पा), स्वीमिङ, ज्याकुजी लगायत सेवामा १५ प्रतिशत छुट उपलब्ध हुनेछ । छुट पाउनका लागि कुमारी बैंकको डेबिट÷क्रेडिट कार्ड, मोबाइल बैकिङ सेवाबाट रकम भुक्तानी गर्नुपर्ने सो बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया