२५ भदौ/अर्थ र व्यापार – नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) का ग्राहकहरुले बुद्ध एयरबाट यात्रा गर्दा आकर्षक छुट पाउने भएका छन्।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र बुद्ध एयरबीच बैंकका ग्राहकलाई छुट दिने सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौता अनुसार एनआईएमबीका ग्राहकका साथै उनको परिवार (बुबा, आमा, श्रीमती, छोरा÷छोरी) लाई बुद्ध एयरको हवाई टिकट खरिद गर्दा ८ प्रतिशत छुट दिइनेछ।
टिकटमा छुट लिनका लागि बुद्ध एयरका काउन्टरबाट टिकट खरिद गर्ने ग्राहकले एनआईएमबी डेबिट÷क्रेडिट कार्ड वा मोबाईल बैंकिङमार्फत भुक्तानी गर्नुपर्ने हुन्छ। यस सम्झौताबाट एनआईएमबीका ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकले विश्वास लिएको छ।
तपाईको प्रतिक्रिया