२४ भदौं/अर्थ र व्यापार – सिद्धार्थ बैंक र मिराबेल रिसोर्ट एण्ड होटल प्रालि (काभ्रे, धुलिखेल) बीच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले धुलिखेल स्थित मिराबेल रिसोर्टमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजका साथै होटल बसाई सेवामा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिने छ ।
यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुकासाथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास सो बैंकले लिएको छ ।
बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहिसमय अघि मात्रै सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको छ ।
तपाईको प्रतिक्रिया