२३ भदौ/अर्थ र व्यापार – नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (साविक नेपाल इन्भेष्टमेण्ट बैंक)को लगानी रहेको म्युचुअल फन्डले लाभांश घोषणा गरेको छ । एनआईएमबी एस क्यापिटलको बिहीबार बसेको सञ्चालक समिति बैठकले एनआईबीएल ग्रोथ फण्डका इकाइधनीलाई आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट प्रतिफल घोषणा गरेको हो।
योजनाका इकाइधनीले करसहित ६.३५ प्रतिशतले हुन आउने ८ करोड ३८ लाख २० हजार रुपैयाँ नगद लाभांश पाउने भएका छन्। कम्पनीले लाभांश प्रयोजनका लागि बुक क्लोज भने तोकेको छैन।
तपाईको प्रतिक्रिया