२१ भदौ/अर्थ र व्यापार – वाणिज्य बैंकहरुमा सबैभन्दा पहिले एभरेष्ट बैंकले यो वर्ष लाभांश घोषणा गरेको छ । सो बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई १५ दशमलब ५३ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमध्ये करसहित ५दशमलब ५३ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर रहेको सो बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।
सो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन् । बिहीबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता ७२० रुपैयाँ छ।
तपाईको प्रतिक्रिया