logo

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले मोबाइल बैंकिङ एपबाटै बिनाधितो पाँच लाखसम्म ऋण दिने

    690   पटक पढिएको


१६ भदौ/अर्थ र व्यापार – नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले मोबाइल बैंकिङबाटै ऋण दिने अफर ल्याएको छ। बैंकले एनआइएमबी स्मार्ट मोबाइल बैंकिङ एपमा एनआइएमबी स्मार्टलोनको सुविधा सुरु गरिएको जनाएको छ।
यो सुविधामार्फत बैंकका योग्य ग्राहकहरूले ५ लाख रुपैयाँसम्मको ऋण एनआइएमबी स्मार्ट एममार्फत बिना कुनै धितो, कागजी प्रक्रिया वा बैंकमा उपस्थित नभई सजिलै लिन सक्नेछन्।
बैंकले सो कर्जाको सहज भुक्तानीका लागि विभिन्न समय अवधिमा आफ्नो कर्जा तिर्ने विकल्पहरू समेत प्रदान गरेको बताएको छ। यसमा ग्राहकहरूले १ महिना भित्र वा बढीमा ३६ महिना सम्मको सरल किस्ताबन्दीको आधारमा पनि कर्जा भुक्तानी गर्न सक्नेछन्।
साथै, आफ्नो कर्जा रकम चाहेको समयमा एकैचोटि तिर्न चाहने ग्राहकहरूका लागि पूर्व भुक्तानीको समेत व्यवस्था मिलाइएको बैंकले जानकारी दिएको छ।
बैकका अनुसार ग्राहकहरूले आफ्नो एनआइएमबी स्मार्ट एपमार्फत इमेल भेरिभिकेसन गरी सजिलै एनआइएमबी स्मार्टलोनमा रजिस्टर गर्न सक्नेछन्। एनआइएमबी स्मार्टलोनका लागि योग्य हुन तलब खाता, नियमित कारोबार, अन्य चुक्ता हुन बाँकी कर्जा नभएको र कर्जाको प्रयोग तथा चुक्ता विवरण लगायत बैंकले तोकेका विभिन्न मापदण्डहरू पूरा गर्नु पर्नेछ।
योग्य ग्राहकहरूले आफ्नो एनआइएमबी स्मार्ट मोबाइल बैंकिङ एपको होमपेजबाट एनआइएमबी स्मार्टलोन अप्लाई गरी कर्जाका सबै सुविधाहरू र कर्जा सम्बन्धित विवरण प्राप्त गर्न बैंकले विज्ञप्तिमार्फत जानकारी दिएको छ।
ग्राहकहरूलाई उनीहरूको आवश्यकताहरू पूरा गर्ने थप सुविधाजनक र पहुँचयोग्य वित्तीय सहजता प्रदान गरेर मोबाइल प्लेटफर्ममार्फत बैंकिङ क्षेत्रकै उच्चतम कर्जा रकमका साथ नयाँ स्वरुपमा एनआइएमबी स्मार्टलोन अपग्रेड गरिएको बैंकका डिजिटल भुक्तानी विभाग प्रमुख विश्व सिंहले जानकारी दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।