logo

एकल अंकको स्थिर ब्याजदरमा गाडी कर्जा दिन बैंकहरूको प्रतिस्पर्धा

    620   पटक पढिएको


१२ भदौ/अर्थ र व्यापार – भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको १६औं ‘नाडा अटो शो २०२४’ मा गाडी कर्जा दिन विभिन्न बैंकहरुको प्रतिस्पर्धा गरेका छन ।
नयाँ गाडीमा मात्रै होइन, गाडी किन्नेका लागि कर्जा दिन बैंक तथा वित्तीय संस्थाले पनि सेवा शुल्कमा छुट तथा ब्याजदरमा छुट दिने अफर सञ्चालन गरेका छन् । बैंकहरूले कर्जा अवधिभरिका लागि एकल अंकको स्थिर ब्याजरदमा कर्जा योजना ल्याएका छन् । नबिल र ग्लोबल आईएमई बैंकले ७.९९ प्रतिशत ब्याजदरको कर्जा अफर ल्याएका हुन् ।
मंगलबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेको नाडा अटो शो १६ भदौसम्म चल्ने छ । शोमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे तथा हलुका व्यावसायिक गाडीसहित विभिन्न ५५ ब्रान्डका गाडी प्रदर्शनीमा सहभागी छन् ।
शोमा सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघसंस्था मेलामा सहभागी छन् । हरेक वर्ष आयोजना हुने यो सवारीसाधन मेलामा बैंकहरूले समेत सवारी कर्जाको आकर्षक अफर प्रस्तुत गर्दै स्टल राख्दै आएका छन् ।
शोका लागि नै भनेर बैंकहरूले कर्जाको सेवा शुल्क र ब्याजदर छुट, कर्जा अवधि लगायत विशेष अफर ल्याउने गरेका छन् । यस वर्ष शोमा बैंकहरूका आठ स्टल छ भने एउटा बीमा कम्पनीको स्टल छ ।
गाडी खरिद गर्न चाहनेलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाले आकर्षक अफर सहितका कर्जा योजना ल्याएका छन् । राष्ट्र बैंकले विद्युतीय सवारीसाधन (ईभी) भन्दा इन्धनबाट चल्ने सवारीमा उपलब्ध गराउने कर्जा कडाइ गरेको छ ।
सोही अनुसार बैंकले पनि विद्युतीय र इन्धनबाट चल्ने सवारीका लागि फरक–फरक अफर ल्याएका छन् । बैंक तथा वित्तीय संस्थाका लगानीको हिसाबले अटोमोबाइल क्षेत्र सबैभन्दा पारदर्शी तथा कम जोखिमपूर्ण रहेको बैंकहरू नै बताउँछन् । तर, आर्थिक गतिविधि बढाउन योगदान दिए पनि उत्पादन, पूँजी निर्माण र आर्थिक वृद्धिमा सकारात्मक योगदान नदिएको भन्दै राष्ट्र बैंक अटोमोबाइलमा जाने कर्जामा अनुदार छ ।
गत आव राष्ट्र बैंकले ठूला र विलाशिताका गाडी खरिदमा प्रवाह हुने कर्जाको जोखिम भार १ सय ५० प्रतिशतसम्म तोकेको थियो । तर, चालु आव आउँदा गाडी कर्जाको जोखिम भार घटाइसकेको छ । राष्ट्र बैंकले ईभीलाई प्रोत्साहन गर्न २० प्रतिशत मात्रै डाउन पेमेन्ट गरेर ८० प्रतिशत कर्जा लगानी गर्न सक्ने व्यवस्था गरेको छ ।
इन्धनबाट चल्ने सवारीसाधनमा भने ५० प्रतिशत डाउन पेमेन्ट गरेर ५० प्रतिशत मात्रै कर्जा दिन सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । राष्ट्र बैंकले तोकेको नियामकीय व्यवस्थाभित्रै रहेर बैंकहरूले गाडी कर्जामा विभिन्न अफर ल्याएका छन् ।
विद्युतीय बाहेकका गाडीमा धितोको ५० प्रतिशतमात्रै ऋण दिने व्यवस्थाले बैंकमा तरलता हुँदा पनि अटोमोबाइलमा अपेक्षित ऋण नगएको व्यवसायी बताउँछन् ।

नाडा अटो शोमा यस्ता छन् बैंकका अफर
नाडा अटो शोभित्रै स्टल राखेको हिमालयन बैंकले ईभीमा आधार दरमा ०.५ प्रतिशत प्रिमियम थप गरी कर्जा दिने अफर ल्याएको छ ।
यस्तै इन्धनबाट चल्ने गाडीमा आधार दरमा ०.६५ प्रतिशत प्रिमियम रहेको बैंकले जनाएको छ । ईभीमा ८० प्रतिशतसम्म कर्जा दिने र अन्य गाडीमा भने ५० प्रतिशत मात्रै कर्जा सुविधा छ ।
वाणिज्य बैंकहरूलाई कर्जा दिँदा सेवा शुल्क ०.७५ प्रतिशत मात्रै लिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । हिमालयनले भने नाडा अटो शो लक्षित गर्दै ०.५ प्रतिशत मात्रै सेवा शुल्क लिने जनाको छ । नाडा अटो शो अवधिमा बुक गर्नेले ब्याजदर र सेवा शुल्कमा बैंकले घोषणा गरेको छुट पाउनेछन् । बैंकले कर्जा अवधि बढीमा ८ वर्षको रहेको जनाएको छ ।
त्यस्तै लक्ष्मी सनराइज बैंकले पनि ईभीमा विशेष अफर ल्याएको छ । बैंकले ईभीमा नाडा स्पेसल अफर भन्दै ७ वर्षका लागि स्थिर ब्याजदरमा ८.९९ प्रतिशत ब्याजमा कर्जा अफर ल्याएको हो ।
शोमा सेवा शुल्क समेत ०.५ प्रतिशत मात्रै रहेको बैंकले जनाएको छ । अन्य गाडी खरिद गर्दा भने आधार दरमा १ प्रतिशत प्रिमियम अर्थात् ९.२५ प्रतिशत ब्याजदर रहेको बैंकले जनाएको छ । यस्तै बैंकले स्थिर ब्याजदर योजना पनि ल्याएको जनाएको छ ।
नबिल बैंकले पनि ५ वर्ष र ७ वर्षका लागि स्थिर ब्याजदरमा फरक–फरक अफर ल्याएको छ । ५ वर्षको कर्जा ८.२५ प्रतिशत ब्याजदर र ०.७५ प्रतिशत सेवा शुल्कमा कर्जा विद्युतीय र इन्धन दुवै सवारीसाधन कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।
यस्तै ७ वर्षका लागि ८.४९ प्रतिशत ब्याजदरमा स्थिर कर्जा उपलब्ध गराउने भएको हो । यसमा पनि सेवा शुल्क ०.७५ प्रतिशत नै छ ।
त्यसैगरी सानिमा बैंकले ७ वर्षसम्मको स्थिर ब्याजदरमा कर्जा अफर ल्याएको छ । सबै गाडी खरिदमा ७ वर्षका लागि ८.४९ प्रतिशत स्थिर ब्याजदरमा नै कर्जा दिने बैंकले जनाएको छ ।
यस्तै सबै गाडी खरिद कर्जामा सेवा शुल्क पनि ०.५ प्रतिशत मात्रै लाग्ने बैंकले जनाएको छ । फेस्टिभ अफरका लागि बैंकले ल्याएको उक्त योजना तिहारसम्म लागु हुनेछ ।
ग्लोबल आईएमई बैंकले ईभीमा ७.९९ प्रतिशत ब्याजदरमा नै ५ वर्षका लागि स्थिर ब्याजदर भएको कर्जा दिने भएको हो । ५ वर्षभन्दा माथि अवधिका लागि भने ८.४९ प्रतिशत ब्याजदर छ । अन्य गाडीमा ८.४९ प्रतिशत स्थिर ब्याजदरको कर्जा योजना ल्याएको छ ।
५ वर्षसम्मका लागि ८.४९ प्रतिशत ब्याजदर भए पनि ५ वर्षभन्दा माथिको कर्जा अवधि भए ९.४९ प्रतिशतको स्थिर ब्याजदर रहेको बैंकले जनाएको छ । सेवा शुल्क ०.७५ प्रतिशत रहेको बैंकले जनाएको छ ।
त्यस्तै नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ईभीमा आधार दरमा १ प्रतिशत प्रिमियम थप गरी कर्जा दिने योजना ल्याएको छ । ७ वर्षको अधिकतम अवधि रहेको कर्जामा ०.५ प्रतिशत सेवा शुल्क रहेको छ । ५० लाखभन्दा सानो कर्जामा भने कर्जा अवधि ५ वर्षसम्म मात्रै रहेको छ । इन्धनबाट चल्ने गाडीमा भने आधार दरमा २ प्रतिशत प्रिमियम रहेको बैंकले जनाएको छ । यसमा पनि सेवा शुल्क भने ०.५ प्रतिशत छ ।
इन्धनबाट चल्ने गाडीमा पनि कमर्सियल भए ८० प्रतिशत कर्जा पाइने बैंकले जनाएको छ ।
कृषि विकास बैंकले ब्याजदरमा ८२ प्रतिशत र सेवा शुल्कमा ३३ प्रतिशतको छुट योजना ल्याएको छ । बैंकले आधार दरमा १ प्रतिशतको फ्लोटिङ ब्याजदरको कर्जा योजना भए पनि नाडा अटो शोमा प्रिमियममा ८२ प्रतिशत छुटसहित ७.९९ प्रतिशत ब्याजदरमा कर्जा योजना ल्याएको जनाएको छ ।
अर्को त्रैममासबाट भने आधार दरमा १ प्रतिशत प्रिमियम लाग्ने बैंकले जनाएको छ । यस्तै ७ वर्षका लागि ८.९९ प्रतिशत स्थिर ब्याजरमा बैंकले कर्जा दिने जनाएको छ । बैंकले सेवा शुल्क ०.७५ प्रतिशत भए पनि नाडा अटो शोका लागि ३३ प्रतिशत छुटसहित ०.५ प्रतिशत मात्रै सेवा शुल्कमा कर्जा दिने योजना ल्याएको बैंकले जनाएको छ ।
माछापुच्छ्रे बैंकले नाडा अटो शो विशेष अफरमा आधार दरमा १ प्रतिशत प्रिमियममा कर्जा योजना ल्याएको छ । ईभीमा ७० प्रतिशत र इन्धनबाट चल्ने गाडीमा ५० प्रतिशतसम्म कर्जा दिने बैंकले जनाएको छ । सेवा शुल्कमा भने ०.२५ प्रतिशत छुट दिँदा ०.५ प्रतिशत मात्रै लाग्ने बैंकले उल्लेख गरेको छ ।
नाडा अटो शोमा विकास बैंकतर्फ महालक्ष्मी विकास बैंकले स्टल राखेको छ । बैंकले दुई वर्षसम्म ९.९९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा दिने र त्यसपछि आधार दरमा १ प्रतिशत प्रिमियम कायम गर्ने बैंकले जनाएको छ । बैंकले ईभीमा ५ वर्ष र अन्यमा ७ वर्ष अवधिको कर्जा दिने भएको छ ।
सेवा शुल्क बढीमा १ प्रतिशत भए पनि सेवा शुल्क नेगोसिएबल रहेको बैंकले जनाएको छ । कमर्सियलमा गाडी खरिदमा भने धितो चाहिने बैंकले जनाएको छ ।
सरकारले मोटरसाइकल तथा गाडीमा तेस्रो पक्ष बीमा अनिवार्य गरेको छ भने पूर्णबीमा समेत पछिल्लो समय बढ्दै गएको छ । बीमाका लागि स्ट्यान्डर्ड दर नै हुने भएकाले इन्स्योरेन्स कम्पनीले सोही दरको फर्मुलामा गाडीको मूल्य वा क्षमताका आधारमा बीमा गर्छन् ।
नाडा आटो शोमा शिखर इन्स्योरेन्सको स्टल छ । इन्धनबाट चल्ने गाडीको तुलनामा ईभीको बीमाको प्रिमियम तुलनात्मक रूपमा कम हुने गरेको कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।