logo

एकल अंकको स्थिर ब्याजदरमा गाडी कर्जा दिन बैंकहरूको प्रतिस्पर्धा

    122   पटक पढिएको


१२ भदौ/अर्थ र व्यापार – भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको १६औं ‘नाडा अटो शो २०२४’ मा गाडी कर्जा दिन विभिन्न बैंकहरुको प्रतिस्पर्धा गरेका छन ।
नयाँ गाडीमा मात्रै होइन, गाडी किन्नेका लागि कर्जा दिन बैंक तथा वित्तीय संस्थाले पनि सेवा शुल्कमा छुट तथा ब्याजदरमा छुट दिने अफर सञ्चालन गरेका छन् । बैंकहरूले कर्जा अवधिभरिका लागि एकल अंकको स्थिर ब्याजरदमा कर्जा योजना ल्याएका छन् । नबिल र ग्लोबल आईएमई बैंकले ७.९९ प्रतिशत ब्याजदरको कर्जा अफर ल्याएका हुन् ।
मंगलबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेको नाडा अटो शो १६ भदौसम्म चल्ने छ । शोमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे तथा हलुका व्यावसायिक गाडीसहित विभिन्न ५५ ब्रान्डका गाडी प्रदर्शनीमा सहभागी छन् ।
शोमा सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघसंस्था मेलामा सहभागी छन् । हरेक वर्ष आयोजना हुने यो सवारीसाधन मेलामा बैंकहरूले समेत सवारी कर्जाको आकर्षक अफर प्रस्तुत गर्दै स्टल राख्दै आएका छन् ।
शोका लागि नै भनेर बैंकहरूले कर्जाको सेवा शुल्क र ब्याजदर छुट, कर्जा अवधि लगायत विशेष अफर ल्याउने गरेका छन् । यस वर्ष शोमा बैंकहरूका आठ स्टल छ भने एउटा बीमा कम्पनीको स्टल छ ।
गाडी खरिद गर्न चाहनेलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाले आकर्षक अफर सहितका कर्जा योजना ल्याएका छन् । राष्ट्र बैंकले विद्युतीय सवारीसाधन (ईभी) भन्दा इन्धनबाट चल्ने सवारीमा उपलब्ध गराउने कर्जा कडाइ गरेको छ ।
सोही अनुसार बैंकले पनि विद्युतीय र इन्धनबाट चल्ने सवारीका लागि फरक–फरक अफर ल्याएका छन् । बैंक तथा वित्तीय संस्थाका लगानीको हिसाबले अटोमोबाइल क्षेत्र सबैभन्दा पारदर्शी तथा कम जोखिमपूर्ण रहेको बैंकहरू नै बताउँछन् । तर, आर्थिक गतिविधि बढाउन योगदान दिए पनि उत्पादन, पूँजी निर्माण र आर्थिक वृद्धिमा सकारात्मक योगदान नदिएको भन्दै राष्ट्र बैंक अटोमोबाइलमा जाने कर्जामा अनुदार छ ।
गत आव राष्ट्र बैंकले ठूला र विलाशिताका गाडी खरिदमा प्रवाह हुने कर्जाको जोखिम भार १ सय ५० प्रतिशतसम्म तोकेको थियो । तर, चालु आव आउँदा गाडी कर्जाको जोखिम भार घटाइसकेको छ । राष्ट्र बैंकले ईभीलाई प्रोत्साहन गर्न २० प्रतिशत मात्रै डाउन पेमेन्ट गरेर ८० प्रतिशत कर्जा लगानी गर्न सक्ने व्यवस्था गरेको छ ।
इन्धनबाट चल्ने सवारीसाधनमा भने ५० प्रतिशत डाउन पेमेन्ट गरेर ५० प्रतिशत मात्रै कर्जा दिन सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । राष्ट्र बैंकले तोकेको नियामकीय व्यवस्थाभित्रै रहेर बैंकहरूले गाडी कर्जामा विभिन्न अफर ल्याएका छन् ।
विद्युतीय बाहेकका गाडीमा धितोको ५० प्रतिशतमात्रै ऋण दिने व्यवस्थाले बैंकमा तरलता हुँदा पनि अटोमोबाइलमा अपेक्षित ऋण नगएको व्यवसायी बताउँछन् ।

नाडा अटो शोमा यस्ता छन् बैंकका अफर
नाडा अटो शोभित्रै स्टल राखेको हिमालयन बैंकले ईभीमा आधार दरमा ०.५ प्रतिशत प्रिमियम थप गरी कर्जा दिने अफर ल्याएको छ ।
यस्तै इन्धनबाट चल्ने गाडीमा आधार दरमा ०.६५ प्रतिशत प्रिमियम रहेको बैंकले जनाएको छ । ईभीमा ८० प्रतिशतसम्म कर्जा दिने र अन्य गाडीमा भने ५० प्रतिशत मात्रै कर्जा सुविधा छ ।
वाणिज्य बैंकहरूलाई कर्जा दिँदा सेवा शुल्क ०.७५ प्रतिशत मात्रै लिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । हिमालयनले भने नाडा अटो शो लक्षित गर्दै ०.५ प्रतिशत मात्रै सेवा शुल्क लिने जनाको छ । नाडा अटो शो अवधिमा बुक गर्नेले ब्याजदर र सेवा शुल्कमा बैंकले घोषणा गरेको छुट पाउनेछन् । बैंकले कर्जा अवधि बढीमा ८ वर्षको रहेको जनाएको छ ।
त्यस्तै लक्ष्मी सनराइज बैंकले पनि ईभीमा विशेष अफर ल्याएको छ । बैंकले ईभीमा नाडा स्पेसल अफर भन्दै ७ वर्षका लागि स्थिर ब्याजदरमा ८.९९ प्रतिशत ब्याजमा कर्जा अफर ल्याएको हो ।
शोमा सेवा शुल्क समेत ०.५ प्रतिशत मात्रै रहेको बैंकले जनाएको छ । अन्य गाडी खरिद गर्दा भने आधार दरमा १ प्रतिशत प्रिमियम अर्थात् ९.२५ प्रतिशत ब्याजदर रहेको बैंकले जनाएको छ । यस्तै बैंकले स्थिर ब्याजदर योजना पनि ल्याएको जनाएको छ ।
नबिल बैंकले पनि ५ वर्ष र ७ वर्षका लागि स्थिर ब्याजदरमा फरक–फरक अफर ल्याएको छ । ५ वर्षको कर्जा ८.२५ प्रतिशत ब्याजदर र ०.७५ प्रतिशत सेवा शुल्कमा कर्जा विद्युतीय र इन्धन दुवै सवारीसाधन कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ ।
यस्तै ७ वर्षका लागि ८.४९ प्रतिशत ब्याजदरमा स्थिर कर्जा उपलब्ध गराउने भएको हो । यसमा पनि सेवा शुल्क ०.७५ प्रतिशत नै छ ।
त्यसैगरी सानिमा बैंकले ७ वर्षसम्मको स्थिर ब्याजदरमा कर्जा अफर ल्याएको छ । सबै गाडी खरिदमा ७ वर्षका लागि ८.४९ प्रतिशत स्थिर ब्याजदरमा नै कर्जा दिने बैंकले जनाएको छ ।
यस्तै सबै गाडी खरिद कर्जामा सेवा शुल्क पनि ०.५ प्रतिशत मात्रै लाग्ने बैंकले जनाएको छ । फेस्टिभ अफरका लागि बैंकले ल्याएको उक्त योजना तिहारसम्म लागु हुनेछ ।
ग्लोबल आईएमई बैंकले ईभीमा ७.९९ प्रतिशत ब्याजदरमा नै ५ वर्षका लागि स्थिर ब्याजदर भएको कर्जा दिने भएको हो । ५ वर्षभन्दा माथि अवधिका लागि भने ८.४९ प्रतिशत ब्याजदर छ । अन्य गाडीमा ८.४९ प्रतिशत स्थिर ब्याजदरको कर्जा योजना ल्याएको छ ।
५ वर्षसम्मका लागि ८.४९ प्रतिशत ब्याजदर भए पनि ५ वर्षभन्दा माथिको कर्जा अवधि भए ९.४९ प्रतिशतको स्थिर ब्याजदर रहेको बैंकले जनाएको छ । सेवा शुल्क ०.७५ प्रतिशत रहेको बैंकले जनाएको छ ।
त्यस्तै नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ईभीमा आधार दरमा १ प्रतिशत प्रिमियम थप गरी कर्जा दिने योजना ल्याएको छ । ७ वर्षको अधिकतम अवधि रहेको कर्जामा ०.५ प्रतिशत सेवा शुल्क रहेको छ । ५० लाखभन्दा सानो कर्जामा भने कर्जा अवधि ५ वर्षसम्म मात्रै रहेको छ । इन्धनबाट चल्ने गाडीमा भने आधार दरमा २ प्रतिशत प्रिमियम रहेको बैंकले जनाएको छ । यसमा पनि सेवा शुल्क भने ०.५ प्रतिशत छ ।
इन्धनबाट चल्ने गाडीमा पनि कमर्सियल भए ८० प्रतिशत कर्जा पाइने बैंकले जनाएको छ ।
कृषि विकास बैंकले ब्याजदरमा ८२ प्रतिशत र सेवा शुल्कमा ३३ प्रतिशतको छुट योजना ल्याएको छ । बैंकले आधार दरमा १ प्रतिशतको फ्लोटिङ ब्याजदरको कर्जा योजना भए पनि नाडा अटो शोमा प्रिमियममा ८२ प्रतिशत छुटसहित ७.९९ प्रतिशत ब्याजदरमा कर्जा योजना ल्याएको जनाएको छ ।
अर्को त्रैममासबाट भने आधार दरमा १ प्रतिशत प्रिमियम लाग्ने बैंकले जनाएको छ । यस्तै ७ वर्षका लागि ८.९९ प्रतिशत स्थिर ब्याजरमा बैंकले कर्जा दिने जनाएको छ । बैंकले सेवा शुल्क ०.७५ प्रतिशत भए पनि नाडा अटो शोका लागि ३३ प्रतिशत छुटसहित ०.५ प्रतिशत मात्रै सेवा शुल्कमा कर्जा दिने योजना ल्याएको बैंकले जनाएको छ ।
माछापुच्छ्रे बैंकले नाडा अटो शो विशेष अफरमा आधार दरमा १ प्रतिशत प्रिमियममा कर्जा योजना ल्याएको छ । ईभीमा ७० प्रतिशत र इन्धनबाट चल्ने गाडीमा ५० प्रतिशतसम्म कर्जा दिने बैंकले जनाएको छ । सेवा शुल्कमा भने ०.२५ प्रतिशत छुट दिँदा ०.५ प्रतिशत मात्रै लाग्ने बैंकले उल्लेख गरेको छ ।
नाडा अटो शोमा विकास बैंकतर्फ महालक्ष्मी विकास बैंकले स्टल राखेको छ । बैंकले दुई वर्षसम्म ९.९९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा दिने र त्यसपछि आधार दरमा १ प्रतिशत प्रिमियम कायम गर्ने बैंकले जनाएको छ । बैंकले ईभीमा ५ वर्ष र अन्यमा ७ वर्ष अवधिको कर्जा दिने भएको छ ।
सेवा शुल्क बढीमा १ प्रतिशत भए पनि सेवा शुल्क नेगोसिएबल रहेको बैंकले जनाएको छ । कमर्सियलमा गाडी खरिदमा भने धितो चाहिने बैंकले जनाएको छ ।
सरकारले मोटरसाइकल तथा गाडीमा तेस्रो पक्ष बीमा अनिवार्य गरेको छ भने पूर्णबीमा समेत पछिल्लो समय बढ्दै गएको छ । बीमाका लागि स्ट्यान्डर्ड दर नै हुने भएकाले इन्स्योरेन्स कम्पनीले सोही दरको फर्मुलामा गाडीको मूल्य वा क्षमताका आधारमा बीमा गर्छन् ।
नाडा आटो शोमा शिखर इन्स्योरेन्सको स्टल छ । इन्धनबाट चल्ने गाडीको तुलनामा ईभीको बीमाको प्रिमियम तुलनात्मक रूपमा कम हुने गरेको कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।