७ भदौ/अर्थ र व्यापार – नेपालको पहिलो डिजिटल वालेट आईएमई पे र नबिल बैंकबीच वालेट लोड सम्बन्धी सम्झौता भएको छ ।
यस सम्झौता अनुसार नबिल बैंकमा खाता भएका सेवाग्राहीले आफ्नो मोबाइल बैंकिङ एपबाट सिधै आईएमई पे वालेटमा पैसा लोड गर्न सक्नेछन् ।
नबिल बैंकका सेवाग्राहीले सरल तथा सुलभ रूपमा आईएमई पे वालेटको सेवा प्राप्त गर्न सकिने विश्वास सो बैंकले गरेको छ ।
यो सम्झौतासँगै अब नबिल मोबाइल बैंकिङबाट सिधै आईएमई पेमा पैसा लोड हुने छ । जसका कारण सेवाग्राहीलाई आवस्यक भएको बेला पैसा लोड गर्न धेरै सजिलो हुने बताईएको छ ।
तपाईको प्रतिक्रिया