६ भदौ/अर्थ र व्यापार – महालक्ष्मी विकास बैंकले टाटा ब्रान्डका गाडी खरिदमा ९.९९ प्रतिशत ब्याजदरमा ऋण दिने भएको छ । कम्पनीले यस सम्बन्धमा बिहिबार टाटा गाडीको डिलर जेबी अटोमोटिभ कम्पनीसँग सम्झौता गरेको छ।
सम्झौता अनुसार बैंकले इभीको हकमा अधिकतम ५ वर्ष अवधि रहने मूल्यको ८० प्रतिशतसम्म र अन्य गाडीको हकमा अधिकतम ८ वर्ष अवधि रहने गरी मूल्यको ५० प्रतिशतसम्म कर्जा दिनेछ।
कर्जा लिन चाहने ग्राहकले बैंकको वेबसाइट, सामाजिक सञ्जाल, शाखा कार्यालय तथा क्यूआर कोड स्क्यान गरेर आवेदन दिन सक्नेछन्।
तपाईको प्रतिक्रिया