logo

निफ्राको सीईओमा बैंकर अधिकारी, ‘पूर्वाधार क्षेत्रको अग्रणी बैंक बनाउँछु’

    463   पटक पढिएको


३१ साउन/अर्थ र व्यापार – बैंकर कृष्णबहादुर अधिकारी नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को प्रमुख कार्यकारी अधिकृत बनेका छन् । गत ३० असारमा बसेको बैंकको सञ्चालक समिति बैठकले उनलाई सीईओमा नियुक्त गरेको हो ।
उनी यसअघि नेपाल बैंकको सीईओ थिए । २०६१ देखि सहायक प्रबन्धक (छैठौं) तहबाट बैंकिङ करियर सुरु गरेका अधिकारीले लगातार दुई दशक नेपाल बैंकमा काम गरेका थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबिए पास गरेका छन् भने पूर्वाञ्चल विश्वविद्यालयबाट इएमबिए गरेका छन् ।
अधिकारीसँग कर्जा शाखामा बढी समय काम गरेको अनुभव छ । कर्जा जोखिम विश्लेषणमा र खराब कर्जा असुलीमा अधिकारी दख्खल छन् । अधिकारीले नेपाल बैंकमा हुँदा बैंकको छवि र बिजनेस एउटा उचाइमा पुर्याएका थिए । उनले सरकारी नेपाल बैंकलाई प्रतिस्पर्धी बनाउनुका साथै विजनेस विस्तारमा पनि आक्रामक बनाएका थिए ।
उनले अब निफ्रालाई पूर्वाधार क्षेत्रमा अग्रणी संस्था बनाउने बताएका छन् । ‘बैंकमा पैसा राखेर ब्याज खानेभन्दा पनि कर्जा लगानी गर्ने र पूर्वाधार क्षेत्रमा लगानी वृद्धि गर्ने योजना छ, एकै चोटी सबै कुरा सम्भव हुँदैन,’ निफ्रालाई पूर्वाधार क्षेत्रको अग्रणी बैंक बनाउँछु,’ उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।