logo

ग्लोबल आईएमई लघुवित्तको नाफा ४६ प्रतिशत बढ्यो

    478   पटक पढिएको


२७ साउन/अर्थ र व्यापार – ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको नाफा ४६ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा १४ करोड १६ लाख रुपैयाँ छ ।
अघिल्लो आर्थिक वर्षमा कम्पनीको यस्तो नाफा ९ करोड ६५ लाख रुपैयाँ थियो । कम्पनीको खुद ब्याज आम्दानी बढ्दा नाफामा उल्लेख्य योगदान पुगेको छ । कम्पनीको खुद ब्याज आम्दानी पहिले ४६ करोड ६२ लाख रहेकोमा गत आर्थिक वर्षमा ६३ करोड ३४ लाख रुपैयाँ छ ।
कम्पनीले लोन लस प्रोभिजनवापत १७ करोड ४४ लाख रुपैयाँ छुट्याएको छ । नाफा बढेसँगै वार्षिक प्रतिसेयर आम्दानी पनि बढेको छ । यस्तो आम्दानी पहिले १५ रुपैयाँ ५९ पैसा रहेकोमा अहिले २२ रुपैयाँ ८९ पैसा पुगेको छ ।
असार मसान्तसम्म कम्पनीको वितरणयोग्य नाफा ६ करोड ४७ लाखा रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १८३ रुपैयाँ २४ पैसा छ । कम्पनीले नउठेको साँवा तथा ब्याज अशुलमा प्रगति गरेको छ ।
कुल कर्जामा निष्क्रिय कर्जा अंश गत असार मसान्तसम्म ३.९० प्रतिशत छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा यस्तो कर्जा ४.३० प्रतिशत थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।