२५ साउन/अर्थ र व्यापार – लक्ष्मी सनराइज बैंकका दुईवटा म्युचुअल फन्डले लाभांश घोषणा गरेका छन् । सनराइज म्युचुअल फन्ड र सनराइज फोकस्ड इक्विटी फण्डले इकाईधनीका लागि लाभांश घोषणा गरेका हुन्।
आर्थिक वर्ष २०८०÷८१ को मुनाफाबाट सनराइज म्युचुअल फन्डले १२.५ प्रतिशत र सनराइज फोकस्ड इक्विटी फण्डले ४.५० प्रतिशत नगद लाभांश दिने भएका छन् । लक्ष्मी सनराइज बैंकको लगानी रहेका दुवै योजनाको व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल हो।
तपाईको प्रतिक्रिया