logo

५० अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक

    551   पटक पढिएको


१९ असार/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । बुधबार निक्षेप संकलन उपकरण मार्फत ५० अर्ब रुपैयाँ तरलता खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।
आर्थिक वर्ष अन्तिममा सरकारी खर्च बढ्दै जाँदा अधिक तरलता चाप बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकको १८ असारसम्मको तथ्यांक अनुसार बैंकिङ प्रणालीमा रहेको २ खर्ब १९ अर्ब ७० करोड रुपैयाँ तरलता राष्ट्र बैंकले खिचेको छ । बुधबार निक्षेप संकलन उपकरण मार्फत थप ५० अर्ब तरलता खिच्न लागेको हो ।
राष्ट्र बैंकले ब्याजदर करिडोरको प्रभावकारी कार्यान्वयनका लागि चालु आव फागुनबाट स्थायी निक्षेप सुविधा प्रयोगमा ल्याएको थियो । सो औजार प्रयोगमा ल्याउँदा पनि राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोल मार्फत तरलता खिचिरहेको छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिमा ब्याजदर करिडोरको तल्लो सीमाका रूपमा रहेको निक्षेप संकलन दर ३ प्रतिशत कायम गरेको छ । अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल झरेको तरलता खिच्ने बताएको छ । यस्तै निक्षेप संकलन दरमा नै स्थायी निक्षेप सुविधाको पनि व्यवस्था गरेको छ ।
बुधबार निक्षेप संकलन उपकरण मार्फत ९० अर्ब र स्थायी निक्षेप सुविधामार्फत १ खर्ब २९ अर्ब ७० करोड तरलता खिचेको छ । बुधबारको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६३ खर्ब ४५ अर्ब पुग्दा कर्जा लगानी ५१ खर्ब ५१ अर्ब पुगेको छ ।
यसपछि औसत कर्जा निक्षेप अनुपात करिब ७९ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।