logo

एनआईसी एशिया बैंक कार्बन एकाउन्टिङ फाइनान्सियलको सदस्य बन्यो, जलवायुमैत्री बन्ने प्रतिबद्धता

    665   पटक पढिएको


९ असार/अर्थ र व्यापार – एनआईसी एशिया बैंक पार्टनरसिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स (पिसिएएफ) को सदस्य बनेको छ । पार्टनरसिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स विश्वव्यापी वित्तीय संस्थाहरूको सहकार्यमा ल्याइएको एक विश्वव्यापी पहल हो जसले ऋण र लगानीसँग जोडिएको हरितगृह ग्यास उत्सर्जनको समानुपातिक मूल्यांकन र खुलासा सुनिश्चित गर्दछ ।
पार्टनरसिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स उत्तरी अमेरिका, ल्याटिन अमेरिका, युरोप, अफ्रिका र एशिया–प्रशान्त क्षेत्रका ४८० भन्दा बढी वित्तीय संस्थाहरूमा द्रुत रूपमा विस्तार भइरहेको छ ।
पिसिएएफसँग पङ्क्तिबद्ध भएर एनआईएसी एशिया बैंकले आफ्नो कार्बन फुटप्रिन्टहरूको पारदर्शी मूल्यांकन मार्फत वातावरणीय दिगोपनप्रतिको प्रतिबद्धतालाई जोड दिएको छ ।
‘विश्व मौलिक रूपमा वातावरणमैत्री अभ्यासतर्फ सरिरहेको बेला एनआईसी एशिया बैंक पनि आफ्नो कार्बन फुटप्रिन्ट नाप्ने र प्रतिवेदन दिने तथा दिगो अर्थतन्त्रतर्फ विश्वव्यापी रूपान्तरणसँगै जलवायु मैत्री रणनीतिहरू निर्माण गर्न प्रतिबद्ध रहेको छ ।’ एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले भने ।
एनआईसी एशिया बैंक देशका सबै प्रमुख वित्तीय केन्द्रहरू समेट्ने बृहत नेटवर्कको साथ नेपालको सबैभन्दा ठूलो बैंकिङ संस्थाहरू मध्ये एक हो । हाल बैंकले ३६० वटा शाखा कार्यालय, ६७१ एटिएम, ११८ वटा एक्सटेन्सन काउण्टर र ५१ वटा शाखारहित बैंकिङ ईकाई संचालन गर्दै आएको छ ।
एनआईसी एशिया बैंकले बैंकिङ सेवा सीमित रहेका मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला र सल्यान जस्ता नेपालका ग्रामीण जिल्लाहरूमा आफ्नो सेवा विस्तार गरेको छ । उल्लेखनीय रूपमा, बैंकले देशको ८० प्रतिशतभन्दा बढी जनसंख्या बसोबास गर्ने ग्रामीण र अर्ध–शहरी क्षेत्रमा आफ्ना ७२ प्रतिशत शाखाहरू सञ्चालन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।