logo

एनआईसी एशिया बैंक कार्बन एकाउन्टिङ फाइनान्सियलको सदस्य बन्यो, जलवायुमैत्री बन्ने प्रतिबद्धता

    506   पटक पढिएको


९ असार/अर्थ र व्यापार – एनआईसी एशिया बैंक पार्टनरसिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स (पिसिएएफ) को सदस्य बनेको छ । पार्टनरसिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स विश्वव्यापी वित्तीय संस्थाहरूको सहकार्यमा ल्याइएको एक विश्वव्यापी पहल हो जसले ऋण र लगानीसँग जोडिएको हरितगृह ग्यास उत्सर्जनको समानुपातिक मूल्यांकन र खुलासा सुनिश्चित गर्दछ ।
पार्टनरसिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स उत्तरी अमेरिका, ल्याटिन अमेरिका, युरोप, अफ्रिका र एशिया–प्रशान्त क्षेत्रका ४८० भन्दा बढी वित्तीय संस्थाहरूमा द्रुत रूपमा विस्तार भइरहेको छ ।
पिसिएएफसँग पङ्क्तिबद्ध भएर एनआईएसी एशिया बैंकले आफ्नो कार्बन फुटप्रिन्टहरूको पारदर्शी मूल्यांकन मार्फत वातावरणीय दिगोपनप्रतिको प्रतिबद्धतालाई जोड दिएको छ ।
‘विश्व मौलिक रूपमा वातावरणमैत्री अभ्यासतर्फ सरिरहेको बेला एनआईसी एशिया बैंक पनि आफ्नो कार्बन फुटप्रिन्ट नाप्ने र प्रतिवेदन दिने तथा दिगो अर्थतन्त्रतर्फ विश्वव्यापी रूपान्तरणसँगै जलवायु मैत्री रणनीतिहरू निर्माण गर्न प्रतिबद्ध रहेको छ ।’ एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले भने ।
एनआईसी एशिया बैंक देशका सबै प्रमुख वित्तीय केन्द्रहरू समेट्ने बृहत नेटवर्कको साथ नेपालको सबैभन्दा ठूलो बैंकिङ संस्थाहरू मध्ये एक हो । हाल बैंकले ३६० वटा शाखा कार्यालय, ६७१ एटिएम, ११८ वटा एक्सटेन्सन काउण्टर र ५१ वटा शाखारहित बैंकिङ ईकाई संचालन गर्दै आएको छ ।
एनआईसी एशिया बैंकले बैंकिङ सेवा सीमित रहेका मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला र सल्यान जस्ता नेपालका ग्रामीण जिल्लाहरूमा आफ्नो सेवा विस्तार गरेको छ । उल्लेखनीय रूपमा, बैंकले देशको ८० प्रतिशतभन्दा बढी जनसंख्या बसोबास गर्ने ग्रामीण र अर्ध–शहरी क्षेत्रमा आफ्ना ७२ प्रतिशत शाखाहरू सञ्चालन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।