५ असार/अर्थ र व्यापार – हिमालयन बैंक लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेडबीच थप सार्वजनिक निष्काशन (एफपीओ) को लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता भएको छ।
सो सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर जबरा र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन्। सिटिजन्स क्यापिटलले हिमालयन बैंकको थप सार्वजनिक निष्काशका लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।
तपाईको प्रतिक्रिया