logo

विश्व बैंकका सिनियर प्रबन्ध निर्देशक नेपालमा

    579   पटक पढिएको


३ असार/अर्थ र व्यापार – विश्व बैंकका सिनियर प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्ग नेपाल भ्रमणमा आएका छन् । उनी विश्व बैंक मातहतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) को ‘थर्ड आईडीए २१ रिप्लेनिसमेन्ट मिटिङ’ को सिलसिलामा नेपाल आएका हुन् ।
नेपालमा पहिलोपटक हुन लागेको विश्व बैंकको उच्चस्तरीय बैठक ४ असारदेखि तीन दिनसम्म चल्ने छ । उनले यस बैठकको अध्यक्षता समेत गर्ने छन् । यो बैठकमा न्यून आय भएका मुलुकलाई विश्वबैंकको सहायताबारे रणनीति तय गर्ने छ ।
यसअघि सरकारले यो सम्मेलनमा विश्व बैंकका अध्यक्ष अजय बंगा सहभागी हुने बताएको थियो । तर, सिनियर प्रबन्ध निर्देशकले बैठकको अध्यक्षता गर्ने भएसँगै अध्यक्ष भने नेपाल नआउने भएका छन् । ट्रोटसनबर्ग बंगापछि विश्वबैंकका दोस्रो वरियताका अधिकारी हुन् ।
नेपालमा ट्रोटसनबर्ग पाँच दिनसम्म रहनेछन् । नेपाल भ्रमणकै क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री वर्षमान पुन, मुख्यसचिव बैकुण्ठ अर्यातसहित उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।
साथमा उनले विकास साझेदारहरूसँग समेत भेट गर्ने विश्व बैंकले जनाएको छ । अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) विश्व बैंकको एक अभिन्न अंग हो । जसले न्यून आय भएका देशलाई मद्दत गर्छ । काठमाडौंमा चल्ने २१औं आईडीए बैठकमा ६५ भन्दा धेरै विकास साझेदार र मुलुकका प्रतिनिधिले भाग लिने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।