logo

बैंकिङ प्रणालीबाट ३५ अर्ब खिच्दै राष्ट्र बैंक

    454   पटक पढिएको


३१ जेठ/अर्थ र व्यापार –  नेपाल राष्ट्र बैंकले अधिक तरलता दबाबका कारण स्थायी निक्षेप सुविधा र निक्षेप संकलन बोलकबोल उपकरण सँगैसँगै परिचालन गरिरहेको छ ।
नेपाल राष्ट्र बैंकले बिहीबार बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ तरलता खिच्ने बताएको छ । निक्षेप संकलन उपकरण मार्फत १४ दिनका लागि ३५ अर्ब तरलता खिच्न लागेको हो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा भएको घोषणा अनुसार फागुनदेखि स्थायी निक्षेप सुविधा उपलब्ध गराउन सुरु गरेको थियो । तर, सो औजार प्रभावकारी नदेखिएपछि निक्षेप संकलन उपकरण मार्फत निरन्तर तरलता खिचिरहेको छ ।
राष्ट्र बैंकले ब्याजदर करिडोर प्रभावकारी कार्यान्वनय गर्न विभिन्न औजार प्रयोग गर्दै आएको छ । अधिक तरलता भएर अन्तरबैंक ब्याजदर करिडोरको तल्लो सीमाका रूपमा रहेको निक्षेप संकलन दरभन्दा तल गए पनि राष्ट्र बैंकले निरन्तर तरलता खिचिरहेको छ ।

स्थायी निक्षेप सुविधा सातामा दुई पटक प्रयोगमा ल्याइरहेको राष्ट्र बैंक चालु आवको मौद्रिक नीतिमार्फत त्यसलाई पुनरावलोकन गर्ने जनाएको छ । स्थायी निक्षेप सुविधामा लगानी गर्न चाहने बैंकले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जानेगरी कुल आह्वान रकमसम्म आवेदन दिने सक्ने छ ।

चालु आव लागेपछि राष्ट्र बैंकले स्थायी तरलता सुविधा मार्फत १६ खर्ब ४५ अर्ब ३० करोड, निक्षेप संकलन उपकरण मार्फत ९ खर्ब ९६ अर्ब ८५ करोड गरी कुल २६ खर्ब ४२ अर्ब १५ करोड रुपैयाँ तरलता खिचेको छ । राष्ट्र बैंकको ३० जेठको तथ्यांक अनुसार १ खर्ब ५९ अर्ब ४५ करोड अधिक तरलता खिचेर राष्ट्र बैंकमा जम्मा भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।