logo

बैंकिङ प्रणालीबाट ३५ अर्ब खिच्दै राष्ट्र बैंक

    595   पटक पढिएको


३१ जेठ/अर्थ र व्यापार –  नेपाल राष्ट्र बैंकले अधिक तरलता दबाबका कारण स्थायी निक्षेप सुविधा र निक्षेप संकलन बोलकबोल उपकरण सँगैसँगै परिचालन गरिरहेको छ ।
नेपाल राष्ट्र बैंकले बिहीबार बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ तरलता खिच्ने बताएको छ । निक्षेप संकलन उपकरण मार्फत १४ दिनका लागि ३५ अर्ब तरलता खिच्न लागेको हो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा भएको घोषणा अनुसार फागुनदेखि स्थायी निक्षेप सुविधा उपलब्ध गराउन सुरु गरेको थियो । तर, सो औजार प्रभावकारी नदेखिएपछि निक्षेप संकलन उपकरण मार्फत निरन्तर तरलता खिचिरहेको छ ।
राष्ट्र बैंकले ब्याजदर करिडोर प्रभावकारी कार्यान्वनय गर्न विभिन्न औजार प्रयोग गर्दै आएको छ । अधिक तरलता भएर अन्तरबैंक ब्याजदर करिडोरको तल्लो सीमाका रूपमा रहेको निक्षेप संकलन दरभन्दा तल गए पनि राष्ट्र बैंकले निरन्तर तरलता खिचिरहेको छ ।

स्थायी निक्षेप सुविधा सातामा दुई पटक प्रयोगमा ल्याइरहेको राष्ट्र बैंक चालु आवको मौद्रिक नीतिमार्फत त्यसलाई पुनरावलोकन गर्ने जनाएको छ । स्थायी निक्षेप सुविधामा लगानी गर्न चाहने बैंकले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जानेगरी कुल आह्वान रकमसम्म आवेदन दिने सक्ने छ ।

चालु आव लागेपछि राष्ट्र बैंकले स्थायी तरलता सुविधा मार्फत १६ खर्ब ४५ अर्ब ३० करोड, निक्षेप संकलन उपकरण मार्फत ९ खर्ब ९६ अर्ब ८५ करोड गरी कुल २६ खर्ब ४२ अर्ब १५ करोड रुपैयाँ तरलता खिचेको छ । राष्ट्र बैंकको ३० जेठको तथ्यांक अनुसार १ खर्ब ५९ अर्ब ४५ करोड अधिक तरलता खिचेर राष्ट्र बैंकमा जम्मा भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।