logo

महालक्ष्मी विकास बैंकद्धारा गलेश्वर आश्रम र शैक्षिक सुधार कोषलाई आर्थिक सहयोग

    648   पटक पढिएको


१५ जेठ/अर्थ र व्यापार – महालक्ष्मी विकास बैंक लिमिटेडले तनहुँको देवघाटमा रहेको गलेश्वर आश्रम र धनगढी उपमहानगरपालिकाको ‘नगरप्रमुख शैक्षिक सुधार कोष’ लाई आर्थिक सहयोग गरेको छ ।
यस बैंकले बैंकको नारायणगढ शाखाले आश्रमलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ भने धनगढी शाखाले कोषलाई १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । आश्रमले नेपालीपन झल्कने प्यागोडा शैलीमा सिद्धेश्वर शिव मन्दिर निर्माण गरिसकेको छ । तर, आर्थिक अभावले मन्दिर प्रांगणमा नेपाली ढुंगा बिच्छ्याउने कार्य बाँकी रहेको छ । सोही कार्य सम्पन्न गर्न सो रकम सहयोग गरिएको सो बैंकले जनाएको छ । बैंकको बागमती प्रदेश ‘ख’ प्रमुख शम्भुप्रसाद पराजुलीले गलेश्वर आश्रमलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।
बैंकको धनगढी शाखाले धनगढी उपमहानगरपालिकाको ‘नगरप्रमुख शैक्षिक सुधार कोष’ लाई सो रकम सहयोग हस्तान्तरण गरेको जनाएको छ । बैंकको सुदूरपश्चिम प्रदेश प्रमुख सुनिलकुमार नेपालले नगरप्रमुख गोपाल हमाललाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले ती संस्थाहरूलाई आर्थिक सहयोग गरेको जनाएको छ ।
यसैगरी, बैंकको महिलवार (लुम्बिनी) शाखाले २५६८औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा लुम्बिनीमा निःशुल्क पानी तथा मिठाई वितरण गरेको छ । बुद्ध जन्मस्थल लुम्बिनी दर्शन गर्न आएका करिब २ हजार ५ सय श्रद्घालु भक्तजनका लागि शुद्घ पिउने पानी तथा मिठाई वितरण गरिएको सो बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।