logo

महालक्ष्मी विकास बैंकद्धारा गलेश्वर आश्रम र शैक्षिक सुधार कोषलाई आर्थिक सहयोग

    493   पटक पढिएको


१५ जेठ/अर्थ र व्यापार – महालक्ष्मी विकास बैंक लिमिटेडले तनहुँको देवघाटमा रहेको गलेश्वर आश्रम र धनगढी उपमहानगरपालिकाको ‘नगरप्रमुख शैक्षिक सुधार कोष’ लाई आर्थिक सहयोग गरेको छ ।
यस बैंकले बैंकको नारायणगढ शाखाले आश्रमलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ भने धनगढी शाखाले कोषलाई १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । आश्रमले नेपालीपन झल्कने प्यागोडा शैलीमा सिद्धेश्वर शिव मन्दिर निर्माण गरिसकेको छ । तर, आर्थिक अभावले मन्दिर प्रांगणमा नेपाली ढुंगा बिच्छ्याउने कार्य बाँकी रहेको छ । सोही कार्य सम्पन्न गर्न सो रकम सहयोग गरिएको सो बैंकले जनाएको छ । बैंकको बागमती प्रदेश ‘ख’ प्रमुख शम्भुप्रसाद पराजुलीले गलेश्वर आश्रमलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।
बैंकको धनगढी शाखाले धनगढी उपमहानगरपालिकाको ‘नगरप्रमुख शैक्षिक सुधार कोष’ लाई सो रकम सहयोग हस्तान्तरण गरेको जनाएको छ । बैंकको सुदूरपश्चिम प्रदेश प्रमुख सुनिलकुमार नेपालले नगरप्रमुख गोपाल हमाललाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले ती संस्थाहरूलाई आर्थिक सहयोग गरेको जनाएको छ ।
यसैगरी, बैंकको महिलवार (लुम्बिनी) शाखाले २५६८औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा लुम्बिनीमा निःशुल्क पानी तथा मिठाई वितरण गरेको छ । बुद्ध जन्मस्थल लुम्बिनी दर्शन गर्न आएका करिब २ हजार ५ सय श्रद्घालु भक्तजनका लागि शुद्घ पिउने पानी तथा मिठाई वितरण गरिएको सो बैंकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।