१५ जेठ/अर्थ र व्यापार – एनआईसी एसिया बैंकले वीरगञ्जमा नवनिर्मित आफ्नै भवनबाट मधेश प्रादेशिक कार्यालय र वीरगञ्ज शाखा सञ्चालनमा ल्याएको छ ।
वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरमा नवनिर्मित भवनबाट प्रादेशिक कार्यालय र शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।
यसअघि बर्दिबास नगरपालिकामा भाडाको घरबाट बैंकले मधेश प्रादेशिक कार्यालय र वीरगञ्जमा शाखा कार्यालयबाट ग्राहकलाई बैंकिङ सुविधा उपलब्ध गराएको थियो ।
बैंकको नवनिर्मित भवनबाट प्रादेशिक कार्यालय र शाखा सञ्चालनमा आएसँगै ग्राहकलाई सबै किसिमका अत्यावश्यक बैंकिङ सेवा लिन थप सहज हुने विश्वास बैंकले लिएको छ ।
नवनिर्मित भवनबाट बैंकले क्यास डिपोजिट मेसिन, कियोस्क मेसिन, क्यास रिसाइकल मेसिन जस्ता अत्याधुनिक सुविधासम्पन्न मेसिनहरुबाट डिजिटल बैंकिङ कारोबार गर्न बेग्लै डिजिटल बैंकिङ हल समेत सञ्चालनमा ल्याएको सो बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया