१० जेठ/अर्थ र व्यापार – राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा देबेन्द्ररमण खनाल नियुक्त भएका छन्।
यसअघि किरणकुमार श्रेष्ठ दुई कार्यकाल प्रमुख कार्यकारी अधिकृत भएर अवकाश पाएपछि खनाललाई कामु प्रमुख कार्यकारी बनाइएको थियो।
बैंकको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतमा खुला आवेदन आह्वान गरेपछि १९ जनाले आवेदन दिएका थिए। अघिल्लो साता ५ जनाको नाम सर्टलिस्ट गरिएको थियो।
खनाल चार्टर्ड एकाउन्टेन्ट हुन्। उनी १६ वर्षअघि बैंकमा ८औँ तहबाट प्रवेश गरेका थिए। यसबीचमा उनले शाखा प्रबन्धक, प्रदेश प्रमुख, विभागीय प्रमुख र कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निभाएका थिए।
राष्ट्रिय वाणिज्य बैंकको बिहीबार बसेको संचालक समितिले आगामी चारवर्षका लागि खनाललाई प्रमुख कार्यकारी अधिकृत बनाएको हो ।
तपाईको प्रतिक्रिया