९ जेठ/अर्थ र व्यापार – राष्ट्रिय वाणिज्य बैंकले मुद्रण विभागका कर्मचारीलाई सहजरुपमा पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने भएको छ। यस सम्बन्धमा बैंक र विभागबीच सम्झौता भएको छ।
सम्झौता पत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र विभागका महानिर्देशक रेखा कँडेलले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार तोकिएको सेवा अवधि पूरा गरेका कर्मचारीलाई विभागको सिफारिसमा अधिकतम १५ लाख रुपैयाँसम्म पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने बैंकले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बैंकले आधार दरमा २ प्रतिशत प्रिमियम जोडी ब्याज लिने छ। हाल बैंकको आधार दर ७.३५ प्रतिशत छ । सम्झौता अनुसार विभागका कर्मचारीको तलबी खाता बैंकले संचालन गर्नेछ ।
तपाईको प्रतिक्रिया