३ जेठ/अर्थ र व्यापार – नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा ज्ञानेन्द्रप्रसाद ढुंगानाको कार्यकाल थपिएको छ । बुधबार बसेको बैंक सञ्चालक समिति बैठकले उनलाई थप २ वर्षका लागि सीइओ पदमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो।
ढुंगानाको दुईवर्षे कार्यकाल आगामी १७ असारदेखि लागू हुनेछ । यसअघि उनी २०७९ सालको १७ असारमा २ वर्षका लागि नबिल बैंकको सीइओमा नियुक्त भएका थिए।
यसअघि नेपाल बैंकर्स संघको अध्यक्ष समेत भइसकेका ढुंगानासँग २५ वर्ष बढीको बैंकिङ अनुभव छ । उनले नेपाल राष्ट्र बैंक, नेपाल बंगलादेश बैंकको प्रमुख कार्यकारी अधिकृत र नेपाल क्रेडिट एण्ड कमर्स बैंकको महाप्रबन्धकको रूपमा समेत काम गरिसकेका छन् ।
तपाईको प्रतिक्रिया