२४ बैशाख/अर्थ र व्यापार – प्रभु बैंकका ग्राहकले ललितपुरको महालक्ष्मीस्थान स्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरको सेवामा छुट पाउने भएका छन्।
यस सम्बन्धमा बैंक र अस्पतालबीच सम्झौता भएको छ । अस्पतालका अध्यक्ष दीपकप्रकाश बास्कोटा र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले सम्झौतापत्रमा सोमबार हस्ताक्षर गरे।
सम्झौता अनुसार बैंकका कर्मचारी र तिनका पारिवारका सदस्य तथा ग्राहकले अस्पतालमा उपचार गराउँदा अन्तरंग तथा बहिरंग सेवामा ओपीडी टिकटबाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी र दन्त चिकित्सा लगायत सेवामा विशेष छुट पाउनेछन्। बैंकले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा छुट प्रतिशत भने खुलाइएको छैन।
तपाईको प्रतिक्रिया