६ वैशाख/अर्थ र व्यापार – नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको २ लाख ५५ हजार ७ सय ४१ कित्ता सेयर लिलामी बिक्रीमा आएको छ ।
कम्पनीले यसअघि हालका संस्थापक सेयरधनीलाई नै सो सेयर बिक्रीका लागि प्रस्ताव गरेकोमा विद्यमान संस्थापकले नकिनेपछि अन्य सर्वसाधारण तथा संस्थाहरुका लागि लिलामी बिक्रीमा ल्याएको हो ।
संस्थापक सेयर खरिद गर्न चाहनेले ७ दिनभित्र सेयर शाखा लाजिम्पाटमा निवेदन दिन सो बैंकले आग्रह गरेको छ । पछिल्लो पटक गत सोमबार यस बैंकको १ हजार कित्ता संस्थापक सेयर कारोबार भएको छ । प्रतिकित्ता १३४ रुपैयाँ ३० पैसाका दरले सेयर खरिदबिक्री भएको नेप्सेको फ्लोर सिटमा देखिएको छ ।
तपाईको प्रतिक्रिया