logo

नेपालको अर्थतन्त्र ३.६ प्रतिशतले बढ्ने एडीबी प्रक्षेपण

    634   पटक पढिएको

२९ चैत/अर्थ र व्यापार – एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालको अर्थतन्त्र ३.६ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । यो दर बजार मूल्यमा आधारित हो । एडीबीले बिहीबार ‘एसियन डेभलपमेन्ट आउटलुक २०८०’ सार्वजनिक गरी नेपालको अर्थतन्त्र सो दरमा बढ्ने प्रक्षेपण गरेको हो ।
एडीबीले गत आव २०७९/८० मा १.९ प्रतिशतले वृद्धि दर प्रक्षेपण गरेको थियो । केही दिनअघि विश्व बैंकले नेपालको आर्थिक वृद्धि दर ३.३ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको थियो । सरकारले भने चालु आवमा ७ प्रतिशत हाराहारी वृद्धि दर अनुमान गरेको छ ।
चालु आव धान उत्पादन बढ्नु, ऊर्जा उत्पादनमा हुने वृद्धि सकारात्मक रहेको देखिएको एडीबीले जनाएको छ । निर्माण र व्यापार केही सुस्ताए पनि यस क्षेत्रमा सुधार भए अर्थतन्त्र अझ धेरै विस्तार हुने उसको भनाइ छ । एडीबीका अनुसार पर्यटक आगमनले सकारात्मक प्रभाव पारिरहेको छ । यसले रोजगारीमा समेत ठूलो योगदान गर्छ । एडीबीले भारतको आर्थिक वृद्धि दर ७ प्रतिशत हुने अनुमान गरेको छ ।
‘मौद्रिक नीतिमा क्रमिक लचकतासँगै उपभोक्ता र लगानीकर्ताको आत्मविश्वासमा सुधार भएका कारण नेपालको आर्थिक गतिविधि प्रोत्साहित हुने अपेक्षा गरिएको छ’ नेपालका लागि एडीबीका राष्ट्रिय निर्देशक आर्नो कोश्वाले भने ।
‘यसबाहेक सरकारले आर्थिक वर्षको पछिल्लो ६ महिनामा पूँजीगत खर्चमा दिएको तीव्रता र आर्थिक वर्ष २०८०/८१ अन्त्यसम्म थप जलविद्युत् परियोजनाको उत्पादन सुरु भई २०७९/८० मा औद्योगिक वृद्धि बढ्दै जाने प्रक्षेपण छ ।’
यसैगरी, एडीबी आउटलुक अनुसार कर्जा नियन्त्रणमा सहजता, ब्याजदरमा थप गिरावट र पर्यटन आयमा विस्तारले सेवा क्षेत्रको वृद्धिले पनि गति दिने छ । धान उत्पादन वृद्धि भए पनि हिउँदे वर्षा कम हुँदा हिउँदे बाली र अन्य कृषि उत्पादनमा आएको कमीले कृषि क्षेत्रमा पनि २०७९÷८० को २.७ प्रतिशतको दाँजोमा २.८ प्रतिशतको सीमान्त वृद्धि हुन सक्ने अनुमान गरेको छ ।
यसैगरी, पेट्रोलियम पदार्थ मूल्यमा देखिएको गिरावट र भारतमा महँगी न्यूनीकरणसँगै नेपालमा औसत महँगी गत आर्थिक वर्ष ७.७ प्रतिशतको दाँजोमा चालु आव ६.५ प्रतिशतमा ओर्लने प्रक्षेपण एडीबीको छ ।
आउटलुक अनुसार नेपालको वाह्य क्षेत्र जोखिम सापेक्ष रूपमा नियन्त्रणमा छ । चालु आव पहिलो ६ महिना बचतमा रहे पनि चालु खता पुनः घाटामा जान सक्ने देखिन्छ । अघिल्लो आवको सोही अवधिसँग दाँज्दा वार्षिक व्यापार घाटा ४.७ प्रतिशतले घटेको छ ।
विप्रेषण आप्रवाह २२.६ प्रतिशतले बढेको छ भने चालु खाता १ अर्ब २० करोड अमेरिकी डलर बचतमा छ । यद्यपि, चालु आर्थिक वर्ष बाँकी अवधिमा उच्च आयात र स्थिर विप्रेषण आप्रवाहले चालु खाता घाटा कुल गार्हस्थ उत्पादन (जीडीपी) को शून्य दशमलव ७ प्रतिशत पुग्ने प्रक्षेपण आउटलुकको छ ।
‘विश्व अर्थतन्त्रमा देखापर्न सक्ने शिथिलताले नेपालको पर्यटन तथा विप्रेषण प्राप्तिमा प्रभाव पर्न गई चालु आवको आर्थिक परिदृश्यमा ह्रास आउने जोखिम रहेको छ,’ एडीबीका प्रमुख अर्थशास्त्री इयान हासिनले भने ।
आउटलुकमा गहिरिँदो भूराजनीतिक हलचलले आपूर्ति शृंखलामा हुन सक्ने अवरोधले विश्वव्यापी मुद्रास्फीति र वित्तीय अवस्थामा कडाइ सिर्जना गर्न सक्छ । यसले आन्तरिक मौद्रिक नीति कसिलो बनाउन प्रेरित गर्नुका साथै लगानी र उपभोगमा ह्रास आई आर्थिक वृद्धि तल धकेल्न सक्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।