२५ चैत/अर्थ र व्यापार – नेपाल एसबिआई बैंक लिमिटेडका ग्राहकले विराटनगरस्थित न्यूरो कार्डियो तथा मल्टिस्पेसियालिटी हस्पिटल प्रालिमा छुट पाउने भएका छन।
यस्तो छुट सम्बन्धमा बैंक र हस्पिटलबीच सम्झौता भएको छ । सम्झौता अनुसार नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकले अस्पतालमा छुट पाउने छन्।
सो सम्झौतामा बैंकका कोशी प्रदेश प्रमुख रबिन घिमिरे र अस्पतालका अपरेसन डाइरेक्टर राजेश भट्टराईले हस्ताक्षर गरेका थिए। सम्झौता बैंक तथा अस्पतालका कर्मचारीको उपस्थितिमा भएको थियो।
तपाईको प्रतिक्रिया