logo

गरिमा विकास बैंकको सीइओमा माधव उपाध्याय नियुक्त,ढकालले चैत मसान्तदेखि छोड्ने

    673   पटक पढिएको


१५ चैत/अर्थ र व्यापार – गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा माधवप्रसाद उपाध्याय नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिले उपाध्यायलाई ४ वर्षका लागि सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो।
बैंकका अनुसार उनको कार्यकाल आगामी १ बैशाखबाट सुरु हुन्छ । अहिले यस बैंकको प्रमुख कार्यकारी गोविन्द ढकाल छन्। ढकाल यहि चैत मसान्तमा कार्यकाल पूरा गरेर अवकाश हुँदैछन्।
नवनियुक्त सिईओ उपाध्याय गरिमा विकास बैंककै नायव प्रमुख कार्यकारी अधिकृत थिए। वर्तमान सिईओ ढकालको कार्यकाल सकिनुअघि नै आगामी नयाँ प्रमुख कार्यकारीको टुंगो गरिएको सो बैंकले जनाएको छ ।
व्यवस्थापनमा स्नातकोत्तर गरेका उपाध्याय गरिमा विकास बैंकमा संस्थापना कालदेखि कार्यरत छन्। उनले विगत १५ वर्षदेखि कम्पनी सचिवको रुपमा समेत काम गर्दै आएका छन्। विगत ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन्। उनी बैंकिङ क्षेत्रमा प्रवेश गर्नुपूर्व करिब डेढ दशक अध्यापन÷प्राध्यापनमा संलग्न थिए।
ढकाल भने विगत १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृत थिए । यसैगरी, सञ्चालक समितिले बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई १५ चैतदेखि नै लागू हुने गरी कम्पनी सचिवमा नियुक्त गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।