६ चैत/ अर्थ र व्यापार – बालुवाटारस्थित सांग्रिला डेभलपमेन्ट बैंक र लाजिम्पाट काठमाडांै स्थित पाँचतारे होटल दुषित प्रिन्सेस काठमाडांैबीच बैंकका ग्राहक महानुभाव र बैंकका कर्मचारीलाई होटलसँग सम्बन्धित सेवा तथा सुविधा छुट प्रदान गर्ने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख संचालक अधिकृत अपूर्व प्रसाद जोशी र होटल दुसित प्रिन्सेस काठमाडांैकातर्फबाट सो होटलका क्लस्टर महाप्रबन्धक समीर बनर्जीले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी होटल दूषित प्रिन्सेस काठमाडौंमा खाना तथा पेयपदार्थमा २० प्रतिशत तथा बैंकका कर्मचारीले खाना तथा पेय पदार्थमा २५ प्रतिशत र आवासलगायत अन्य सेवामा कर्पोरेट डिस्काउन्ट प्राप्त गर्न सक्नेछन् । बैंकका कर्मचारीलाई भोजका निम्ति हलमा पनि विशेष छुट दिएको व्यहोरा सम्झौतापत्रमा उल्लेख गरिएको छ ।
तपाईको प्रतिक्रिया