logo

इन्भेष्टमेन्ट मेगा बैंकले जित्यो आरबीबीएल–इसान कप

    700   पटक पढिएको


५ चैत/अर्थ र व्यापार – नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले आरबीबीएल–इसान कप तेश्रो फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
राष्ट्रिय वाणिज्य बैंक (आरबीबीएल)को मुख्य प्रायोजनमा कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान)ले गरेको प्रतियोगिताको फाइनलमा एनआईएमबीले नेपाल आयल निगमलाई २–० गोलले पराजित ग¥यो।
एनआईएमबीको जितमा दुवै गोल सुलभ थापाले गरे। उपाधिसँगै एनआईएमबीले ५० हजार रुपैयाँ पुरस्कार पायो। आयल निगमले ३० हजार रुपैयाँ प्राप्त ग¥यो। आयल निगम फाइनलमा पराजित भएको यो लगातार दोश्रोपटक हो। दोस्रो संस्करणको फाइनलमा आयल निगम नेपाल नागरिक उड्डयन प्राधिकरणसँग पराजित भएको थियो। पहिलो संस्करणको उपाधि एभरेष्ट बैंकले जितेको थियो।
सोल्टीमोडस्थित चैत्य फुटसलमा भएको प्रतियोगितामा नेपाल बैंक लिमिटेड तेस्रो भयो। नेपाल बैंकले काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई २–० गोलले हरायो। रञ्जन बराल र सुदीप सुवेदीले १/१ गोल गरे। नेपाल बैंकले २० हजार रुपैयाँ पुरस्कार पायो।
प्रतियोगितामा एनआईएमबीका सुलभ थापा सर्वाधिक गोलकर्ता बने। उनले ९ गोल गरेका थिए। एनआईएमबीकै सगुनकुमार मोक्तान उत्कृष्ट गोलरक्षक घोषित भए। राष्ट्रिय वाणिज्य बैंकले अनुशासित टिमको पुरस्कार पायो।
विजेतालाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशी, राष्ट्रिय वाणिज्य बैंकका नायब कार्यकारी प्रमुख देवेन्द्र रमण खनाल, इसानका अध्यक्ष रामविनय श्रेष्ठ लगायतले एक परस्कार रकम प्रदान गरे।
तीनदिने प्रतियोगितामा विभिन्न १६ संस्थाका १८ टिमले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।