१ चैत/अर्थ र व्यापार – नबिल बैंकले अग्राधिकार सेयर र डिबेन्चर बिक्री गर्ने भएको छ । बैंकको बिहिबार बसेको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंकको स्वीकृति पाएको खण्डमा ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर बिक्री गर्ने निर्णय गरेको हो ।
बैंकले ८ प्रतिशत लाभांश दर कायम गरी अग्राधिकार सेयर बिक्री गर्नेछ । राष्ट्र बैंकले स्वीकृति दिए मुनाफा भएको वर्षमात्र लाभांश वितरण गर्ने र सेयरको रकम फिर्ता नहुने प्रकृतिको अग्राधिकार सेयर प्राइभेट प्लेसमेन्ट गरी बिक्री गर्ने निर्णय बैठकले गरेको सो बैंकले जनाएको छ।
यसैगरी, ८ वर्षे अवधिको ८ प्रतिशत ब्याजदर भएको ‘८ प्रतिशत नबिल डिबेन्चर २०८९’ पनि जारी गर्ने निर्णय सञ्चालक समितिबाट पारित भएको सो बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया